धर्म/ संस्कृति

औलाबाटै थाहा पाउन सकिन्छ भविष्य र स्वभाव

औलाबाटै थाहा पाउन सकिन्छ भविष्य र स्वभाव

ज्योतिषशास्त्रमा हत्केलाका रेखा र चिन्ह अनुसार मानिसको भविष्य र स्वभावबारे जानकारी दिइन्छ । त्यसैगरी हस्तरेखा विज्ञानमा बुढी औलाको बनावट अनुसार समेत यसबारे जानकारी दिन सकिन्छ ।

हातको बुढी औला कस्तो हुदाँ मानिसको स्वभाव र भविष्य कस्तो हुन्छ भन्ने बारे जानकारी दिँदैछौ ।

-समुद्रशास्त्र अनुसार जुन मानिसको हातको बुढि ओला लचिलो हुन्छ र सहजै पछाडी जान सक्छ भने त्यस्ता ब्यक्तिमा जिद्धीपना कम हुने मान्यता छ ।

यस्ता ब्यक्ति अवसरलाई चाडैँ बुझ्ने र परिस्थिति अनुसार आफुलाई ढाल्न सक्ने क्षमताका हुन्छन् । तर यस्ता ब्यक्ति कतिपय
अवस्थामा चाँडै अरुको कुरामा आउने र आफ्नो व्यक्तित्व बनाउन असफल हुन्छन् । यस्तो बुढि औला हुने मानिस राम्रो कमाई गर्न सके पनि बचत गर्न असफल हुन्छन् ।

– जुन मानिसको हातको बुढी औला माथिको भाग मुनीको भागभन्दा अत्याधिक मोटो हुन्छ यस्ता ब्यक्ति बाठो र स्वार्थी हुन्छन् ।
यस्ता ब्यक्ति फाइदा बिनाको कुनै काम गर्दैनन् ।

– समुद्रशास्त्र अनुसार जुन व्यक्तिको हातको बुढी औलामा शंखको आकृती हुन्छ यस्ता व्यक्तिमा यौ न इच्छा अत्यधिक हुने गर्दछ ।
यस्ता व्यक्ति धनवान र सुखी जीवन बिताउने गर्दछन् ।

– बुढी औला सानो र मोटो हुनु राम्रो मानिदैन । यस्ता औला भएका ब्यक्ति रिसाहा र ठाडो स्वभावका हुने गर्दछन् । यीनिहरु
विषयलाई गम्भीरताले सोच्नुको सट्टा भावुकतामा बहकिने गर्दछन् । त्यसैले यस्तो बुढी औला भएका ब्यक्तिले कष्ट भोग्ने गर्दछन् ।

– जुन ब्यक्तिको हातको बुढी औला लामो हुन्छ यस्ता ब्यक्ति बुद्धिमान र तर्कशील मानिन्छन् । आफ्नो ज्ञान र विवेकले मानसम्मान
र धन आर्जित गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७