विशेष सामाग्री

यसरी धुमधामसँग मनाईयो राम सीता बिवाहत्सोव

यसरी धुमधामसँग मनाईयो राम सीता बिवाहत्सोव

देशका विभिन्न ठाँउमा विवाह पञ्चमीको अवसरमा मन्दिरमा रामसीता विवाह उत्सव धुमधामले मनाइएको हो । यसै क्रममा लमजुङको सुन्दरबजार नगरपालिका–७, मा रहेको रामजानकी मन्दिरमा पनि रामसीता विवाह उत्सव धुमधामले मनाइएको छ।

मौलिक हिन्दू धर्म परम्पराको जगेर्नाका साथै मन्दिरमा धार्मिक पर्यटन विकास गर्ने उद्धेश्यका साथ जिल्लामै पहिलो पटक जनकपुरको सिको गर्दै लमजुङको सुन्दरबजारमा पनि रामसीता विवाह उत्सव सञ्चालन गरिएको रामजानकी मन्दिर संरक्षण समितिका अध्यक्ष बुद्धिबहादुर अधिकारी ‘माइला दाइ’ले बताए ।

स्थानीय दिलिप अधिकारीलाई राम र उहाँकी श्रीमती पूजा अधिकारीलाई सीताको भेषमा उभ्याईएको थियो । रामजानकी मन्दिरलाई रामको घर बनाइएको थियो ।

रामजानकी मन्दिरबाट राम (दिलिप)लाई बाजागाजासहित अन्माएर निस्केको जन्ती बरेटारको शिवालय मन्दिर पुगेको थियो ।

जन्तीसहित रामले शिवालय मन्दिर परिक्रमा गरेपश्चात जन्ती सीता (पूजा)लाई लिन स्वयम्वरस्थल बनाइएको सुन्दरबजार–७, मा रहेको कृषि क्याम्पसको खेलमैदान पुगेको थियो । स्यवम्वरस्थललाई ध्वजापताकाले सजाइएको थियो ।

धार्मिक परम्पराअनुसार स्वयम्वर सकिएपश्चात् जन्ती सीता लिई रामजानकी मन्दिर नै फिर्ती भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७