मुख्य समाचार

मलाई राजनितीमाा मोदीले ठूलो कुरा सिकाए : राहुल गान्धी

मलाई राजनितीमाा मोदीले ठूलो कुरा सिकाए : राहुल गान्धी

गत वर्ष राहुल गान्धी भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष चुनिए। त्यतिबेला उनले त्यो जिम्मेवारी आफू जोडिएको परिवारका कारण पाएका थिए। १६ डिसेम्बरमा उनकी आमा सोनिया गान्धीले कंग्रेसको अध्यक्ष उनलाई हस्तान्तरण गरेकी थिइन्।

अध्यक्ष बनेको वर्षदिन नपुग्दै लोकतान्त्रिक परीक्षाबाट राहुलले सावित गरिदिए कि उनी त्यो जिम्मेवारी पूरा गर्न सक्षम मान्छे हुन्।

मंगलबार सार्वजनिक भएको तीन ठूला राज्यको विधान सभा मतपरिणामले पार्टीभित्रमात्र होइन विपक्षी क्याम्पमै राहुलको स्थानलाई मजबुद् बनाइदिएको छ।

मतपरिणाम सार्वजनिक भएपछि संवाददाताहरूसँग कुरा गर्दै राहुलले अर्को चुनावमा विपक्षी गठबन्धन बनाएर जानेबारे कुराकानी भइरहेको बताए।

हाम्रा केही केन्द्रीय मुद्दाहरू छन्, जस्तो भारतीय युवालाई रोजगारी कसरी दिने?, कृषि र किसानको भविष्य के हुन्छ? भ्रष्टाचार कसरी निवारण हुन्छ। मैले बारम्बार भनिरहेको छु डिमोनिटाइजेसन घोटाला हो। राफाइलमा भ्रष्टाचार भएको छ,’ राहुलले भने, ‘मोदीको भिजन सुन्ने र कार्यान्वयन गर्ने धैर्यता देशले देखाएको छ। तर मोदी र भाजपा फेल भएका छन्। पाँच वर्षअघि मोदीले यो देशलाई बेचेको भिजनविरूद्ध सबै विपक्षी दलहरू लाग्नेछन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal