भिडियो समाचार

प्रियंकाको विवाहमा होटल खर्च कति करोड ?

प्रियंकाको विवाहमा होटल खर्च कति करोड ?

बलिउडकी प्रियंका चोपडा र हलिउडका निक विवाह बन्धनमा बाँधिएका छन् । प्रियंकाले आफूभन्दा १० वर्ष कान्छा प्रेमीसँग गएको शनिबार र आइतबार विवाह गरेकी हुन् ।

प्रियंका र निकको विवाह जोधपुरस्थित उमेद भवन प्यालेसमा भएको थियो जसका लागि होटल र आसपासका क्षेत्र थ्रिडी बत्तीले चिरिच्याँट्ट पारिएको थियो भने ६४ वटा आलिसान कोठा एक रातको प्रतिकोठा ८० हजारमा बुक गरिएको थियो ।

प्रिंयका र निकको विवाहको एक दिनको होटल खर्च करिब १ करोड भएको बताइएको छ । प्रियंका र निकले होटलका लागि मात्र तीन करोडभन्दा बढी भाडा बुझाएका छन् ।

प्रियंका र निकको विवाह निकै खर्चिलो र भव्य भएको थियो।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal