स्वास्थ्य

कागती पानीले दिनको सुरुवात गर्नुस् पूरा जिन्दगी उर्जावान र स्वस्थ बन्छ

कागती पानीले दिनको सुरुवात गर्नुस् पूरा जिन्दगी उर्जावान र स्वस्थ बन्छ

आफ्नो दिनलाई एक गिलास कागती पानीले सुरु गर्नुुुुभयो भने यसले तपाईंको स्वास्थ्यमा विभिन्न सकारात्मक प्रभाव पार्ने गर्छ ।
यस्ता छन फाईदा :

तौल घटाउन सहयोगः
प्रत्येक बिहान मनतातो पानीमा कागती निचोरेर पिउनुहोस् । यसो गर्दा तपाईंको तौल घट्छ । यद्यपी, प्रभावकारी ढङ्गले तौल घटाउन व्यायाम र खान्कीमा पनि विशेष ध्यान दिनुपर्छ ।

पाचन क्रिया बलियो बनाउँछः
कागती सिट्रिक एसिडको राम्रो स्रोत हो जसले पाचनमा सहयोग पुर्याउँछ । एसिडले खानेकुरालाई स–साना टुक्रा पार्छ । कागती पानीले कलेजोलाई बाइल जुस निष्कासन गर्न प्रोत्साहित गर्छ जसले पाचनमा सहयोग पुर्याउँछ र शरिरलाई डिटक्सिफाई गर्छ ।

भिटामिन सी प्रदान गर्छः
कागती भिटामिन सीको निकै राम्रो स्रोत हो । यसले तपाईंको दैनिक भिटामिन सीको आवश्यकता पूर्ती गर्छ । भिटामिन सीले तन्तुहरुको वृद्धि र मर्मतमा सहयोग पुर्याउँछ । भिटामिन सीले शरिरलाई खानाबाट आइरन सोस्न सहयोग गर्छ ।

तपाईंलाई हाइड्रेट राख्छः
कागती पानीले तपाईंलाई दिनभरीका लागि हाइड्रेट राख्छ । तपाईंको शरिरलाई दैनिक काम कारवाहीका लागि पर्याप्त पानीको आवश्यक पर्छ । कागती पानीले शरिरभित्रको अतिरिक्त विषाक्त पदार्थलाई बाहिर निकाल्न सहयोग गर्छ ।

मृगौलालाई स्वस्थ राख्छः
कागती पानीले निर्जलीकरण र मृगौलाको पत्थरी हुनबाट रोक्छ । कागती पानीले मृगौलामा जम्मा भएका पदार्थलाई बाहिर निकाल्ने गर्छ ।

ऊर्जावान् राख्छः
बिहान एक गिलास कागती पानीले ऊर्जा र मेटाबोलिजममा वृद्धि गर्छ । यसका साथै, कागती पानीले मुडलाई राम्रो बनाउनुका साथै डिप्रेशन र तनावलाई टाढा राख्ने विभिन्न अनुसन्धानबाट पत्ता लागेको छ । यसले सासलाई पनि ताजा राख्छ ।
तसर्थ कागती पनीबाट दिनको सुरुवात गर्दा त्यो दिन मात्र होईन पूरा जीन्दगी नै उर्जावान र स्वस्थ बन्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal