अर्थ

प्रधानमन्त्री ओलीले लाखौँ खर्चेर उद्घाटन गरेका विद्युतीय बस ग्यारेजमा थन्किए

प्रधानमन्त्री ओलीले लाखौँ खर्चेर उद्घाटन गरेका विद्युतीय बस ग्यारेजमा थन्किए

प्रधानमन्त्री केपी शर्मा ओली आफैं उपस्थित भई लाखौँ खर्चेर तामाझामका साथ उद्घाटन गरेका विद्युतीय बस ग्यारेजमा थन्किएका छन् ।

यी बस एसियाली विकास बैंकले लुम्बिनी विकास कोषलाई दिएको थियो । तर, लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल बनेर सञ्चालनमा नआइन्जेलका लागि काठमाडौंमा चलाउन साझालाई दिइएका बस चार्जिङ स्टेशनको अभावमा थन्किएका हुन् ।

काठमाडौंको सार्वजनिक यातायातमा विद्युतीय सवारीको प्रवेशका रुपमा हेरिए पनि चार्जिङ स्टेशन नै नभएपछि बस सञ्चालनमा आउन नसकेको साझा यातायातले जनाएको छ ।

बस उत्पादनकर्ता कम्पनी बीवाईडीले यो बसका लागि अब ३ महिनामा मात्रै नयाँ चार्जिङ स्टेशन ल्याउन सकिने बताएको छ । यसअघि नै लुम्बिनीमा चार्जिङ स्टेशन बनिसकेकाले काठमाडौंमा चार्जिङ स्टेशन बनाउन अर्को प्रक्रिया सुरु गर्नुपर्छ ।

काठमाडौंमा सुविधासम्पन्न बस गुडाउने सुरुवात साझाले नै गरेको थियो । साझा यातायात आफैंले विद्युतीय बस भित्र्याउन पहल गरिरहेको समयमा यी बसलाई परीक्षणका रुपमा हेर्न खोजिएको थियो । तर, चार्जिङ स्टेशन नै नभएपछि ५ वटै विद्युतीय बस सञ्चालनमा नआई साझामा नै थन्किएर बसेका छन् ।

यसरी चार्ज गरेर चलाउनुपर्ने बसलाई चार्जिङ स्टेसन नै नबनाई हचुवाको भरमा चलाईएको अदुरदर्शि भन्दै सर्वत्र अालोचना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal