मनोरञ्जन

कमेडियन कपिल शर्माले बिहे गर्दै..

कमेडियन कपिल शर्माले बिहे गर्दै..

कमेडियन कपिल शर्माले बुधबार बिहे गर्दैछन् ।
कपिलको आफ्नी प्रेमिका गिन्नी चटरथसँग बिहे हुँदैछ। उनीहरू धेरै वर्षदेखि प्रेम सम्बन्धमा रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सोमबार मेहन्दी कार्यक्रमबाट बिहेको तयारी सुरू भएको थियो। मंगलबार संगीतमा कपिलका नजिकका नातेदारका साथै साथीहरू सहभागी थिए।

दुइटा फिल्म, ‘फिरंगी र किसकिसको प्यार करूँ’ मुख्य भूमिका निर्वाह गरिसकेका कपिलको बिहेमा बलिउडबाट को-को आउँदैछन् भन्ने यकिन छैन। तर संगीत समारोहमा टिभी कलाकारहरू भारती सिंह, कृष्णा अभिषेक, राजीव ठाकुर, सुमोना चक्रवर्तीका साथै पन्जाबी गायक जसवीर जस्सी लगायतको सहभागी थिए।

कपिल-गिन्नीको बिहे जालन्धरको कब्बाना रिसोर्टमा हुँदैछ। डिसेम्बर १४ मा उनीहरूले साथी तथा आफन्तका निम्ति अमृतसरमा ‘रिसेप्सन’ दिने भएका छन्। त्यस्तै डिसेम्बर २४ मा मुम्बइमा पार्टी हुनेछ। कपिलले आफ्ना फ्यानका निम्ति उनको बिहेको लाइभ भिडियो युट्युबमा हाल्ने पनि बताएका छन्।

कपिलले सन् २०१७ मार्चमा ट्विटरमा एक फोटो आफ्ना फ्यानहरूलाई गिन्नीका बारेमा बताएका थिए।

सहकर्मीसँग दुर्व्यवहार गरेका कारण सोनी च्यानलमा आउने उनको कार्यक्रम ‘द कपिल शर्मा शो’ बन्द भएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार बिहेपछि कपिल फेरि शोमा फर्कँदै छन्। डिसेम्बर २३ बाट सुरू हुने भनिएको शोको सुटिङ भइसकेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस