मनोरञ्जन

आलियाका बाबुलेे नै गरे खुलासाः मेरी छोरी र रणविर प्रेममा छन्

आलियाका बाबुलेे नै गरे खुलासाः मेरी छोरी र रणविर प्रेममा छन्

आलिया भट्का पिता महेश भट्टले आफ्नै छोरी तथा अभिनेता रणवीर कपुरबीच प्रेम रहेको स्वीकार गरेका छन्।

‘द टेलिग्राफ’लाई दिएको एक लामो अन्तरवार्तामा उनले भने
‘हो उनीहरू प्रेममा छन्। त्यो कुरा थाहा पाउनलाई तपाईं त्यस्तो ‘जिनियस’ हुनुपर्दैन ।

त्यसैगरी उनलाई आलियालाई कुनै सुझाव दिनुहुन्छ? भनेर सोधिएको प्रश्नमा उनले कुनै सुझाव दिन अस्विकार गरे। उनले आफू जवान हुँदा कहिले पनि कसैको सल्लाह-सुझाव नलिएको बताउँदै जो कुनै युवाले आफ्नो हितमा चनाखो हुन बुद्धिमत्तता आफैमा हुनपर्ने बताए ।

महेशले उनीहरूको सम्बन्ध रहेको स्वीकार गरेपनि रणविर र आलियाले खुलेर भने आफ्नो सम्बन्धलाई हो भनेका छैनन्।
तर थुप्रै तस्विर र अवसरहरूमा उनीहरूले एकसाथ पोस्ट गर्ने तस्विर र भिडियोहरूले उनीहरूको प्रेम रहेको सहज‌ैै बुझ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal