समाचार

बाबुलाई घरको छतबाट फालेर हत्या गर्ने छोरा पक्राउ

बाबुलाई घरको छतबाट फालेर हत्या गर्ने छोरा पक्राउ

आफ्नै बाबुलाई घरको छतबाट फालेर ह त्या गर्ने छोरालाई दाङ प्रहरीले पक्रा उ गरेको छ । जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. २ निवासी २२ बर्षीय छोरा बीरबहादुर विकलाई शनिबार बिहान प क्राउ गरिएको हो ।

उनीमाथि आफ्नै ४५ वर्षीय बुवा बालाराम विकलाई घरको छतबाट फा लेर ह त्या गरेको अभियोग लागेकाे छ ।

शुक्रबार राति पौने १२ बजेतिर घरायसी सामान्य विवादका क्रममा छोराले बाबुलाई घरको छतबाट फालिदिएकाे जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले बताए । लगत्तै उनको घटनास्थलमै मृ त्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७