समाचार

नेपालमै अविवाहित र एकल पुरुषले पाउँछन् मासिक भत्ता !

नेपालमै अविवाहित र एकल पुरुषले पाउँछन् मासिक भत्ता !

ताप्लेजुङ – अविवाहित र एकल पुरुषलाई पनि भत्ता ? त्यो पनि नेपालमा सुन्दा अनौठो लागेपनि ताप्लेजुङको फुङलिङ नगरपालिकाले गत दुई वर्षदेखि अविवाहित र एकल पुरुषलाई मासिक रुपमा भत्ता दिँदै आएको छ ।

६० वर्ष पूरा भएका ७० वर्ष नकाटेको एकल पुरुषलाई समाजिक सुरक्षा भत्ता दिँदै

नगरपालिकाको अन्तरिक स्रोतबाट सो नगरपालिकाले एकल पुरुष र अविवाहित ७६ जनालाई मासिक १ हजार रुपैयाँको दरले मासिक भत्ता दिदै आएको फुङलिङ नगरपालिकाका उपमेयर तारा भट्टराईले बताइन् ।

६० वर्ष पूरा भएका ७० वर्ष नकाटेको एकल पुरुषलाई समाजिक सुरक्षा भत्ता दिँदै आएको फुङ्लिङ नगरपालिकाका प्रवक्ता महोन न्यौपानेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७