राजनीति

प्रधानमन्त्रीलाई प्रश्न- शुभकामना सन्देशमा चुच्चे नक्सा खोइ ?

प्रधानमन्त्रीलाई प्रश्न- शुभकामना सन्देशमा चुच्चे नक्सा खोइ ?

प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामना व्यक्त गर्दा निशान छापमा रहेको नक्सालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले चर्को प्रश्न गरेका छन् । शुक्रबार प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुक, ट्वीटरलगायतबाट दसैंको शुभकामना सन्देश व्यक्त गरेका थिए ।

सन्देशमा प्रयोग गरिएको निशान छाप पुरानो रहेको भन्दै प्रश्न गरिएको छ- कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ चुच्चे नक्सा खोइ ?

शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले आफ्नो तस्बिरसँगै नेपालको निशान छापको पनि प्रयोग गरेका थिए । उक्त निशान छापमा रहेको नक्सामा नेपालको पुरानै नक्सा राखिएको भन्दै प्रश्न उठेको हो ।

सरकारले जेठ ७ गते कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा प्रकाशित गरेको थियो । त्यसपछि तीन क्षेत्रलाई नेपालको निशान छापमा रहेको नक्सा संशोधन गर्नका लागि संविधान पनि संशोधन गरिएको थियो । हाल यही नक्सा प्रयोगमा छ । तर, प्रधानमन्त्री ओलीले नै संसदबाट पारित भएको नक्सा प्रयोग नगरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ता र राजनीतिक दलका नेताहरूले विरोध जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७