प्रदेश

मन्त्री अधिकारीको ठोकुवा : नेपाल विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ

मन्त्री अधिकारीको ठोकुवा : नेपाल विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सन् २०३० सम्म नेपाललाई संसारकै पहिलो पर्यटकीय गन्तव्य बनाइने बताएका छन् ।

नेपाल पर्वतारोहण सङ्घद्वारा पोखरामा सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको हातामा आयोजित पाँचौँ ‘ग्रेट हिमालय’ महोत्सवको आज उद्घाटन गर्दै यस्तो बताएका हुन्।

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन योजना सफल बनाउन सबै पक्षको सहयोग अपरिहार्य रहेको बताए।

अन्तर्राष्ट्रिय पर्वत दिवसका अवसरमा विश्व प्रसिद्ध हिमाल आरोही कोरियन नागरिक युम होङ्ग गिललाई कुमार खड्गविक्रम शाह साहसी अवार्ड–२०१८ र सर एड्मड हिलारी लेगेसी अवार्ड–२०१८ बाट डेनियल मज्युरलाई सम्मान प्रदान गरिएकोे थियो ।

हिमाल आरोही कोरियन नागरिक होङ्ग गिलले आफूले पाएको अवार्ड दिवङ्गत आरोहीप्रति समर्पित गरे । नेपाललाई आफ्नो दोस्रो घरका रुपमा आफूले लिएको भन्दै विभिन्न ग्रामीण क्षेत्रमा स्कूलको समेत स्थापना गरिसकेको बताए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal