अर्थ

ठूलो संख्यामा अधिकृतको बिज्ञापन खुल्दै, कति छ कोटा ?

ठूलो संख्यामा अधिकृतको बिज्ञापन खुल्दै, कति छ कोटा ?

सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनको समायोजनपछि मात्रै रिक्त पदको माग विवरण पठाउने भएका छन्।

संघ, प्रदेश र स्थानीय तहका कर्मचारी समायोजन गरेपछि अपुग रिक्त पदको एकिन गरेर मात्रै विवरण पाउने सहसचिव सुरेश अधिकारीले जानकारी दिए। ‘पहिलो समायोजनमा जान्छौं, यसपछि कति रिक्त पद हुन्छ, एकिन गर्छौ र मात्रै विवरण पठाउँछौ,’ उनले भने, ‘लोक सेवाको कार्यतालिका अनुसार रिक्त विवरण पठाउने सम्भावना छैन।’

स्वास्थ्य मन्त्रालयले तीन सय कर्मचारी छैठौ तहदेखि एघारौं तहको विज्ञापनको माग विवरण पठाउने तयारी गरेको छ। स्वास्थ्यले लोक सेवाको कार्यतालिका अनुसार विवरण पठाउने सम्भावना छैन।

सामान्य र स्वास्थ्य मन्त्रालयको माग विवरण नआएपनि लोक सेवाले भने विज्ञापन खोल्ने बताएको छ। उसले माग विवरण आएजतिको विज्ञापन आह्वान गर्ने बताएको हो।

ठूलो संख्या अधिकृतस्तरको विज्ञापन आह्वान गर्ने तयारी गरिरहेको आयोगले दुई सय ५० शाखा अधिकृतसहित उपसचिव, सचिव गरी ३ सय जनाको विज्ञापन आह्वान गर्न लागेको हो।

गत वर्ष आयोगले शाखा अधिकृतदेखि सहसचिवसम्म १९७० पद संख्यामा विज्ञापन माग गरेेेको थियो।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal