मनोरञ्जन

पोखरामा यसरी प्याराग्लाइडिङमा रमाएका थिए इरफान खान

पोखरामा यसरी प्याराग्लाइडिङमा रमाएका थिए इरफान खान

सहासिक खेल प्याराग्लाइडिङका लागि पोखरा विश्वप्रसिद्ध छ । सन् २०१० नोभेम्बर १६ मा पोखरा आएका बलिउड अभिनेता इरफान खानले पनि पोखराको सराङ्कोटमा पुगेर प्याराग्लाइडिङ गर्न छुटाएनन् । खानले प्याराग्लाइडिङबाट पोखराको आकाशमा उडेर पोखरा बजार, फेवाताल र अन्नपूर्ण हिमश्रृंखलाको अवलोकन गरेका थिए ।

पोखराको फेवाताल किरनारमा अवतरणपछि उनले पोखराको आकशबाट देखिने ताल, पोखरा बजार र प्राकृतिक दृश्यले आफू निकै आनन्दित भएको उपस्थित पत्रकारलाई छोटो प्रतिक्रिया दिएका थिए ।

उनै बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको हाे । अभिनेता खान कुशल र फरक अभिनयका कारण चर्चित छन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७