मुख्य समाचार

‘रअ’ प्रमुखलाई भेटेसँगै प्रधानमन्त्रीको सन्देशमा नयाँ नक्सा गायब

‘रअ’ प्रमुखलाई भेटेसँगै प्रधानमन्त्रीको सन्देशमा नयाँ नक्सा गायब

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा जारी गरिएको दशैंको शुभकामना सन्देशमा नेपालको पुरानै नक्सा प्रयोग गरिएको छ । व्यापाक आलोचना भइरहेको प्रधानमन्त्री ओलीको ‘रअ’ प्रमुखसँगको भेटसँगै प्रधानमन्त्रीले नै पुरानै नक्सा प्रयोग गरिएको भन्दै सामाजिक सञ्जालमा व्यापक विरोध सुरु भएको छ ।

भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग भेट भएलगत्तै प्रधानमन्त्रीले पुरानै नक्सा प्रयोग गर्नुलाई सामान्य त्रुटि मान्न नसकिने सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको टिप्पणी छ । नेकपा नेता तथा कानून विभाग प्रमुख खिमलला देवकोटाले प्रधानमन्त्रीको सन्देश रहेको तस्बिरसहित सामाजिक सञ्जालमा विरोध गरेका छन् ।

उनले देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा विसर्जन भनेर प्रधानमन्त्रीलाई प्रश्न गरे

‘लिम्पियाधुरारहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौँ सम्माननीय प्रधानमन्त्री ज्यू’,

भारतले नेपाली भूभागसहितको राजनीतिक नक्सा जारी गरेपछि नेपालले पनि जवाफमा राष्ट्रिय एकतासहित लिम्पियाधुरासहितको नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । उक्त नक्सालाई संविधान संशोधन गर्दै संघीय संसदले पास पनि गरिसके पछि पाठ्यपुस्तकमा प्रयोग गर्नबाट प्रधानमन्त्री ओलीले नै रोकेका थिए ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यसलाई सामान्य त्रुटि मान्न नसकिने तर्क गरेका छन् । उनले देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा विसर्जन भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । ‘लिम्पियाधुरारहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौँ सम्माननीय प्रधानमन्त्री ज्यू’, उनको प्रश्न छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७