मनोरञ्जन

सनी देओलको जन्मदिनमा बुवा धर्मेन्द्रले दिएको यस्तो शुभकामनाले बलिउडमा तरंग

सनी देओलको जन्मदिनमा बुवा धर्मेन्द्रले दिएको यस्तो शुभकामनाले बलिउडमा तरंग

बलिउड चर्चित अभिनेता हुन् सनी देओल । उनले आफ्नो जन्मदिन अक्टुबर १९ मा मनाइरहेका छन् । यस विशेष दिनमा उनलाईइ प्रशंसकहरू र सेलेब्सबाट जन्मदिनको शुभकामनाहरू प्राप्त भइरहेका छन् । उनका बुवा धर्मेन्द्रले सनीलाई जन्मदिन विशेष बनाइदिएका छन् । उनले सनीको लागि आफ्नो फोटो सार्वजनिक गरेर निकै प्यारो सन्देश दिएका छन् ।

धर्मेन्द्रले छोरा सनीको बाल्यावस्था र युवा अवस्थाको फोटो सार्वजनिक गर्दै लेखे, लभ यु जेली सयौं वर्ष बाँची राख, मेरो आन्माको आवाज हो तिमी । धर्मेन्द्रको यो सरल र मीठो जन्मदिनको शुभकामनाले उनो छोराको मन खुसी भयो ।

धर्मेन्द्रको यस ट्वीटमा हजरौं प्रशंसकहरूले सन्नी देओललाई जन्मदिनको शुभकामना व्यक्त गरेका छन्। उनीहरुले धर्मेन्द्रले छोराका लागि लेखेको शब्दको पनि निकै प्रशंसा गरेका छन् । सोही सन्देशमा सनीको भाई बबी देओलले पनि उनलाई शुभकामना दिएका छन् उनले लेखेका छन्, महान आत्माको लागि जन्मदिनको शुभकामना । भाई, बुबा र साथी।

सनी देओल आफ्नो बुबा र भाइको धेरै नजिक छन्। अफ( स्क्रिन तिनीहरूको सम्बन्ध जत्तिकै विशेष हो, र स्क्रिनमा पनि उनीहरूको बलियो सम्बन्ध देखा पर्दछ। उनीहरुले बलिउडलाई केही सुपरहिट फिल्महरू पनि प्रदान गरेको छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७