पत्रपत्रिकाबाट

राम-सीता बिवाहत्सोव : बेहुली झै सिँगारियो जानकी मन्दिर

राम-सीता बिवाहत्सोव : बेहुली झै सिँगारियो जानकी मन्दिर

जनकपुरस्थित जानकी मन्दिरलाई विवाह पञ्चमीकोे अवसरमा बत्तिले बेहुली जस्तै सिँगारेेे झिलीमिली पारिएको छ ।

मर्यादा पुरुष भगवान राम र आदर्श नारी सीताबीच त्रेता युगमा भएको विवाहलाई मिथिलाञ्चलबासीले प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन विवाह महोत्सवको रुपमा मनाउने गर्दछन् ।

एक साता चल्ने महोत्सवमा जनकपुरधाममा रौनकतापुर्ण वातवरण हुन्छ । यो अवसरमा विश्वका हिन्दुको आस्थाको केन्द्र जनकपुरस्थित जानकी मन्दिरमा नेपाल, भारतसँगै विभिन्न देशबाट भक्तजन आउने गर्छन् ।

पौराणिक परम्परा अनुसार सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन शनिबार जनकपुरधाम नगर दर्शन र आइतबार फूलबारी लिला सम्पन्न भएको छ । तेस्रोदिन धनुष यज्ञ, चौथोदिन तिलकोत्सव, पाँचौदिन मटकोर, छैठौं दिन विवाहोत्स र सातौँदिन रामकलेवा मनाइने गरिन्छ भने अन्तिम दिन मंसिर २६ गते रंगभूमी मैदानमा स्वंयम्वर हुनेछ ।

जानकी मन्दिरले विवाहोत्सवमा सरिक हुन आएका साधुसन्तलाई खानपान र बासको प्रबन्ध गरिएको छ । यो खबर राजकरण महतोले अन्नपूर्ण पोष्टमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal