मुख्य समाचार

पोखरामा पैसा लिएरै संक्रमितको उपचार

पोखरामा पैसा लिएरै संक्रमितको उपचार

केन्द्र सरकारले लक्षित वर्गबाहेक कोरोना संक्रमित सबैले उपचारको लागि संक्रमित स्वयंले नै उपचार खर्च गर्ने निर्णय लिएलगत्तै, लुम्बिनी प्रदेशका नागरिकलाई भने नि:शुल्क उपचार गर्ने त्यहाँका मुख्यमन्त्री शंकर पोखरेलले बताएका थिए । लुम्बिनी प्रदेशले यस्तो निर्णय लिएको केही समयपछि गण्डकी प्रदेशले पनि कोरोना संक्रमितको निशुल्क उपचार गर्ने निर्णय लियो ।

कोरोना हटस्पट बन्दै गएको प्रदेशमा संघ सरकारले अनपेक्षित घोषणा गरे पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको यो घोषणाले सबैले राहत महसुस गरेका थिए । बुधबारको मन्त्रिपरिषद् बैठकबाटै यो निर्णय सदर गरिएको थियो ।

मुख्यमन्त्री गुरुङको निर्णय विपरीत गण्डकी प्रदेशकै ठूलो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोरोना संक्रमितको नि:शुल्क उपचार गर्न नसक्ने बताए

यद्यपि, मुख्यमन्त्री गुरुङको निर्णय विपरीत गण्डकी प्रदेशकै ठूलो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोरोना संक्रमितको नि:शुल्क उपचार गर्न नसक्ने बताएको छ । संघ सरकार मातहतको यो अस्पतालले बिहिवार विज्ञप्ति जारी गर्दै संक्रमित आफैले उपचार खर्च ब्यहोर्नुपर्ने बताएको छ । अस्पताल बसाइको क्रममा खानाको व्यवस्था पनि बिरामी आफैले गर्नु पर्ने छ । बिरामीले नगद धरौटी राखेर क्यान्टिनबाट यो सेवा लिन पाउने छन् ।

प्रदेशमै पहिलो कोरोना विशेष अस्पतालको रुपमा खडा गरिएको यो अस्पतालमा २ वटा भेन्टिलेटर सहित ६ वटा आइसीयू छन् । शिशुवामा रहेको लेखनाथ सामुदायिक अस्पतालमा पनि अहिले कोरोना संक्रमितको उपचार हुन्छ । यद्यपि, गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागि यसै अस्पतालमा रिफर गरिन्छ । अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले संघ सरकारको निर्देशन अनुसार नै यस्तो निर्णय लिएको बताए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७