मुख्य समाचार

देशभर तुईन हटिसक्यो, जनता पुलबाट वारपार गर्न थालिसकेँ : मन्त्री बाँस्कोटा

देशभर तुईन हटिसक्यो, जनता पुलबाट वारपार गर्न थालिसकेँ : मन्त्री बाँस्कोटा

सुचना सञ्चार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले देशभर तुईन हटिसकेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ धादिङको २० औँ साधारण सभा र धादिङ सञ्चार सहकारी संस्थाको ८ औँ वार्षिक साधारण सभाको अवसरमा मंगलबार सो कुरा बोल्दै सञ्चार क्षेत्रलाई पूर्ण स्वतन्त्रता दिएकोले तथ्यको आधारमा आलोचना गर्नसमेत उनले आग्रह गरे ।

सञ्चारमा बन्देज नभै सरकारको आलोचना गर्न छुट रहेको तर सत्यको आधारमा मात्र आलोचना गर्न आग्रह गरौ उनले भने।

विस्थापित भइसकेको तुइनमा मानिस चढेर अझै नदी तरिरहेको अवस्था नरहेकोले अब पुलबाट जनताहरु वारिपारि गर्ने गरेको र तुइन विस्थापनको विषय उठाउदै मन्त्री बाँस्कोटाले सही पत्रकारिता गर्नु पर्नेमा जोड दिए ।

उनले अगाडि थपे‘हाम्रो पत्रकारिता सिक्दै छ, सिद्धान्त मात्र पढेकोले सिक्दैछ, त्यसैले आग्रह र पूर्वाग्रह त्याग्नुपर्छ’

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal