विचित्र संसार

१८ वर्षिय युवतीको कुकुरसँग बिहे : कुकुर बेहुला बनेर कारमा, गाँउले जन्ती

१८ वर्षिय युवतीको कुकुरसँग बिहे : कुकुर बेहुला बनेर कारमा, गाँउले जन्ती

एक युवतीलाई अभागी भन्दै भाग्यमानी बनाउने भनेर गाउँलेले कुकुरसँग उनको विवाह गरिदिएका छन् । भारतको झारखण्डको अति पिछडिएको एक गाउँकी १८ वर्षकी युवती मंगली मुण्डाको भब्य समारोह नै आयोजना गरि कुकुरसँग विवाह गरिएको हो ।

मानिसबीचको विवाह समारोहमा हुने सबै प्रक्रिया पुरा गरेर यो विवाह सम्पन्न गरिएको छ ।बिबाहका लागि मुण्डाका बाबुले गाउँ नजिकैबाट एउटा कुकुरलाई कारमा राखेर विवाह मण्डपमा ल्याएका थिए । बिबाहपछि कुकुर एउटा पाल्तु जनावरको रुपमा मुण्डाकै घरमा छ । ज्योतिषीले मुण्डाको भाग्य राम्रो नभएको र उनले मानिससँग विवाह गरेमा घर परिवारलाई राम्रो नहुने भविष्यबाणी गरेपछि गाउँका बुढापाकाले भेला नै आयोजना गरेर उनको कुकुरसँग विवाह गरिदिएका हुन् ।

बेहुलीको भेषमा रहेको मुण्डाले यो विवाहबाट आफू खुसी नभएको बताईन् । तर गाउँका सबैले कर गरेपछि विवाह गर्नु परेको उनले बताईन् । ‘मैंले एक दिन पुरुषसँग विवाह गर्ने छु’ उनले भनिन् ‘हरेक युवतीले एक राजकुमारसँग विवाह गर्ने सपना देखेका हुन्छन्, म मेरो राजकुमारलाई पर्खिरहेको छु ।’ गाउँलेले कुकुरसँगको विवाहले उनको भाग्य राम्रो हुने तर जीवनमा कुनै असर नपर्ने बताएका छन् ।

भारतका ग्रामीण क्षेत्रमा अशिक्षाका कारण यस्ता कुरीति र रुढिवादी कुरामा विश्वास गर्ने धेरै छन् । मुण्डा पनि त्यही रुढिवादीको मारमा परेर कुकुरसँग विवाह गर्न बाध्य भएकी हुन् – एजेन्सी

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal