प्रदेश २

जनकपुरमा आदित्यनाथ : आकसमा ड्रोन गस्ति, जमिनमा ५ हजार सुरक्षाकर्मि गस्ति

जनकपुरमा आदित्यनाथ :  आकसमा ड्रोन  गस्ति, जमिनमा ५ हजार सुरक्षाकर्मि गस्ति

सीताराम विवाह पञ्चमी महोत्सवमा भारतको अयोध्याबाट औपचारिकरुपमा जन्ती घोडा, रथ, उटसहितमा सवार भई आइसकेका छन् भने अाउने क्रम जारी नै छ ।

विवाह पञ्चमीको अवसरमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ आउने भएपछि जनकपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

मुख्यमन्त्री आदित्यनाथ आउने भएपछि जनकपुरको सुरक्षा व्यवस्थाको लागि अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ । विवाहपञ्चमी महोत्सवमा मुख्यमन्त्री आदित्यनाथ भगवान रामको जन्तीको प्रतिनिधित्व गर्दै जनकपुर भोलि बुधबार आउने छन् ।

अत्याधिक भीडभाड हुने र विभिन्न किसिमको घटना घट्न सक्ने अनुमान गर्दै सुरक्षा व्यवस्थाका लागि ड्रोन क्यामराको प्रयोग गरिने भएको छ भने अत्याधुनिक ¥यापिड कम्युनिकेसन सिस्टम (आरसीएस) को प्रयोग गर्न लागेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बाह्रबिघा (रंगभूमि) मैदानमा नेपाल प्रहरीले विशेष क्षमता भएको दुुईवटा ड्रोेन क्यामराको परिक्षण गरी सोहि माध्यमबाट सुरक्षा अवस्थाको जानकारी लिने तयारी गरेको छ । सुरक्षा निकायका प्रमुखहरु प्रदेश प्रहरी कार्यालयमै बसेर आरसीएस प्रविधिको प्रयोग गरी सम्पूर्ण जानकारी लिइराख्ने तयारी गरिएको डिआईजी पाल बताउँछन् ।

महोत्सवमा सम्भावित आपराधिक गतिविधि रोक्न ३ हजारको संख्यामा नेपाल प्रहरी, १ हजार सशस्त्र प्रहरी र सयजना भन्दा बढी सादा पोसाकका प्रहरीहरु खटाइएका छन् । त्यस्तै यसपालि विवाहपञ्चमी महोत्सवको लागि प्रदेश नम्बर २ को ८ वटै जिल्लाबाट करिब ५ हजारभन्दा बढी सुरक्षानिकायको परिचालन गरिएको छ । त्यस्तै, सादा पोसाकका प्रहरी तथा अनुसन्धानकर्मीहरु पनि भारी मात्रामा परिचालन गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै मुख्यमन्त्री आदित्यनाथका लागि भारतबाट बुलेटप्रुफ गाडी जनकपुर आइसकेको छ । यस बाहकेक विशेष सुरक्षामा ज्यामर सहित सातवटा अन्य गाडी भित्र्याइएको छ ।

अहिले जनकपुरमा मुख्यमन्त्री आदित्यनाथको विशेष सुरक्षा प्रयोजनका लागि भारतबाट विशेष सुरक्षाको टोली पनि आइसकेको डिआईजी पालले जानकारी दिए ।
जनकपुरमा मुख्यमन्त्री आदित्यनाथले जानकी मन्दिरमा पूजा पाठ गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal