अर्थ

पाथीभरामा भेटी २ करोड, १४ मुलुकका मुद्रा र सुनचाँदी गणना गर्न बाँकी

पाथीभरामा भेटी २ करोड, १४ मुलुकका मुद्रा र सुनचाँदी गणना गर्न बाँकी

ताप्लेजुङमा अवस्थित नेपालकै प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार वर्षमा दुई करोड हाराहारी भेटी सङ्कलन भएको छ भने सुन चाँदी नापतौल गर्ने बाँकी छ ।

गत २०७२ साल फागुन २२ देखि हालसम्म दर्शनार्थीले चढाएकोे भेटी रकम रु एक करोड ७२ लाख १५ हजार ५४६ पुगेको पाथीभरा भेटिपाती व्यवस्थापन समितिले जनाएको छ।

पछिल्लो पाँच महीनाको भेटी रकम गणनापछि सोमबार पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार १४ मुलुकका विदेशी मुद्रा गणना गर्न र सुनचाँदी नापतौल गर्न भने बाँकी छ। पछिल्लो पाँच महिनामा मात्रै ५३ लाखबढी भेटी रकम जम्मा भएको छ।

पछिल्लो एक वर्षको ८० क्विन्टल सिक्कासमेत सङ्कलन गरी सदरमुकाममा ल्याउने काम भइरहेको समितिका सदस्यसचिव उदय भट्टराईले जानकारी दिए। यस्तै ८५ हजार ३९० भारतीय रुपैयाँ सटही गर्न बाँकी छ। बर्षेनी पाथीभरामा स्वदेशी तथा विदेशी दर्शनार्थीको सङ्ख्या बढ्दै गएपछि भेटि रकम पनि उल्लेख्य मात्रमा संकलन हुन थालेक‍ छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal