मुख्य समाचार

पोखराको न्युरोडबाट चोरीको सामानसहित दुई जना पक्राउ

पोखराको न्युरोडबाट चोरीको सामानसहित दुई जना पक्राउ

सुरेश हमाल

कार्तिक ३, पोखरा- पोखराको न्युरोडबाट चोरीको सामानसहित दुई जना पक्राउ परेका छन् । सोमबार बेलुका साढे ५ बजेको समयमा पोखरा, न्युरोड स्थित आफ्नै डेराकोठाबाट ‘चोरी’ भएको सामानसहित दुइ पुरूष पक्राउ परेका हुन् ।

उक्त घटनामा संग्लन तनहु रिसिङ गा.पा. वडा नं. २ घर भई पोखरा न्युरोड बस्ने ३० वर्षका मधु थापा र कास्की माछापुच्छ्रे गा.पा. वडा नं. ४ लाहचोकका ३८ बर्षका सुर्य बहादुर घर्ती पक्राउ परेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता प्र.ना.उ. सुवास हमालले जानकारी दिए ।

निजहरूले गत असोज २४ गते कास्कीको माछापुच्छ्रे गा.पा. वडा नं.४ लाहचोक स्थित तुलसी अधिकारीको सारदा एण्ड सरोज किराना पसलबाट रिचार्जकार्ड, नगद एक लाख तिस हजार रूपैयाँ औंठी लगाएतका सामान चोरी गरी ‘फरार’ रहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत वडा प्रहरी कार्यालय बगर समेतबाट प्रहरी टोलीले खोजतलासका क्रममा पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट नगद सतहत्तर हजार दुईसय नब्बे रूपैयाँ बरामद भएको र निजलाई ‘चोरी तथा डाँका’ सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान भईहेको प्रवक्ता हमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७