मुख्य समाचार

घट्यो सुनको मूल्य, कतिमा भयाे कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा भयाे कारोबार ?

नेपाली बजारमा आज आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला ९४ हजार ९०० रूपैयाँमा कारोबार भएको छापावाल सुन आज २०० रूपैयाँ घटेको छ ।

आज छापवाल सुन प्रतितोला ९४ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएकाे छ । यस्तै, तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाे भनाइ अनुसार तेजावी सुन साताको अन्तिम दिन शुक्रबार ९४ हजार ४०० रूपैयाँमा कारोबार भएको छ। चाँदीको भाउ पनि घटबढ नभएको महासंघले जनाएको छ । चाँदी प्रतितोला १२०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७