मनोरञ्जन

सुरु भयो ‘ए मेरो हजुर ४’को छायांकन

सुरु भयो ‘ए मेरो हजुर ४’को छायांकन

कोरोनाका कारण विगत ७ महिनादेखि रोकिएको चलचित्र ‘ए मेरो हजुर’को चौथो श्रृखंलामा अभिनेता अनमोल केसीकाे छायांकन शनिबार घटस्थापनादेखि सुरु गरिएको छ । घटस्थापनाबाटै चलचित्र ‘आई एम ट्वान्टी वान’को पनि छायांकन सुरु भएको थियो । चलचित्र ‘ए मेरो हजुर ४’का निर्माता सुनिलकुमार थापाले शनिबारबाट चलचित्रको छायांकन सुरु भएको जानकारी दिए ।

‘अब हामी फुलपातीसम्म चलचित्रको छायांकन गर्छौ । यसपछि, पूर्णिमापछि फेरि चलचित्रको काम गर्नेछौ । उनले सम्पूर्ण सुरक्षाको उपाय अपनाएर सानो टिमका साथ काम सुरु गरेको बताए’

‘ए मेरो हजुर ३’ बक्सअफिसमा सुपरहिट सावित भएको थियो। यही सिनेमाबाट झरनाकी छोरी सुहानाले नेपाली रजतपटमा डेब्यू गरेकी थिइन्। निर्माताले भने–‘अब हामी फुलपातीसम्म चलचित्रको छायांकन गर्छौ । यसपछि, पूर्णिमापछि फेरि चलचित्रको काम गर्नेछौ । उनले सम्पूर्ण सुरक्षाको उपाय अपनाएर सानो टिमका साथ काम सुरु गरेको जानकारी दिए ।’

चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन लकडाउन अगाडि करिब ५० प्रतिशत सकिएको थियो । निर्माणपक्षले तिहारसम्म चलचित्रको सम्पूर्ण दृश्यको छायांकन सक्ने तयारी गरेको छ । यसपछि, केही समय ब्रेक लिएर चलचित्रको गीतको छायांकन हुनेछ । झरना थापा निर्देशित चलचित्रमा अनमोल केसी, सुहाना थापा र सलोन बस्नेत मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७