समाचार

पोखरीमा हाम फालेर २९ बाँदर मरे..

पोखरीमा हाम फालेर २९ बाँदर मरे..

यहाँको एक पोखरीमा म‌ंगलबार १६ वटा बाँदर डु’बेर म’रेका छन् । चौतारा–साँगाचोकगढी नगरपालिका–१३ को महाकालेश्वर मन्दिर छेउको पोखरीमा घट’ना भएको हो । बाँदरको हुल सदाभन्दा अस्वभाविक तरिकाले चिच्याइरहेको सुनेर हेर्न जाँदा केही मरेर तैरिएको र केही छटपटाइरहेको देखेको स्थानीय क्षेत्रबहादुर दुलालले बताए ।

‘म धान खेतमा पानी थुन्न गएको थिएँ,’ उनले भने, ‘सधैंभन्दा अलि फरक तरिकाले बाँदरहरू चिच्याएको सुनेर पोखरीमा हेर्न पुगेँ।’ आफूले देख्दादेख्दै पनि डुबे’कालाई बचाउने शैलीमा बाँदरहरू लगालग पानीमा हा’म फा’ल्न थालेपछि होहल्ला गरेर गाउँले बोलाएको उनले बताए।

उनले बाँदर दैनिक पसेर मर्न थालेपछि पोखरीको पानी खोलेर रित्तो पारेको जनाए। बाँदरले सधैं अन्नबाली खाएर दुःख दिने क्षेत्र मानिने सानीटारमा ठूलो संख्यामा बाँदरको मृ’त्यु भएको हो।

‘पानीको सतहमाथि हुँदा उनीहरुले सहजै पानी खाएर फर्किन्थे। तर हिजो चाहीँ पानीको सतह तल भएकोले पिउन खोज्दा डु’बेर म’रेको हुनुपर्छ। एउटा कुनै कारण डु’बेपछि अरु पनि पालैपालो पोखरीमा पसेर म’रेको हुनसक्ने स्थानीयको अनुमान छ।’

सिंचाइका लागि निर्माण गरिएको ६ फिट गहिरो सिमेन्टको पोखरीमा अन्य समयमा पनि बाँदरले आएर पानी खाने गरेका थिए। बाँदरका बच्चा चकचके हुने भएकाले कुनै एक बच्चा उफ्रिने क्रममा खसेकाले निकाल्न अरु बाँदरसमेत पसेको हुनसक्ने वन डिभिजन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले बताए।

उनले भने, ‘पानीको सतहमाथि हुँदा उनीहरुले सहजै पानी खाएर फर्किन्थे। तर हिजो चाहीँ पानीको सतह तल भएकोले पिउन खोज्दा डु’बेर म’रेको हुनुपर्छ। एउटा कुनै कारण डु’बेपछि अरु पनि पालैपालो पोखरीमा पसेर मरेको हुनसक्ने स्थानीयको अनुमान छ।’

बाँदरको सामुहिक मृ’त्यु भएपछि वडाका जनप्रतिनिधि, वन डिभिजन कार्यालयका कर्मचारी र स्थानीयको रोहबरमा मुचुल्का उठाएर सद्गत गरिएको छ। शनिबार समेत बाँदर म’रेपछि वन डिभिजन कार्यालयका अधिकृतसहितको टोली घटनास्थल खटाइएको छ।

पोखरीमा सधैं पानी खान आउने जाने र पसेपछि निस्कन नसकेको हो भने काठको भर्‍याङ राखेर उक्लिने ओर्लने बाटो बनाइदिने तयारी गरे

त्यही पोखरीमा सधैं पानी खान आउने जाने र प’सेपछि निस्कन नसकेको हो भने काठको भर्‍याङ राखेर उक्लिने ओर्लने बाटो बनाइदिने तयारी गरेको डिभिजन वन अधिकृत भरतबाबु श्रेष्ठले बताए। यस्तो घ’टना विगतमा अन्य जिल्लामा सुने पनि यसबारे बृहत अध्ययन नभएकाले कारण यकिन नभएको उनको भनाइ छ।

केही स्थानीयले भने बाँदरले बाह्रै महिना दु:ख दिने भएकाले कसैले पानी खाने ठाउँ पहिचान गरेर वि’ष हा’लेको हुन सक्ने आ’शंका गरेका छन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७