धर्म/ संस्कृति

घरकाे ढाेका अगाडी यी ४ चिज कहिल्यै नराख्नुहाेस्

घरकाे ढाेका अगाडी यी ४ चिज कहिल्यै नराख्नुहाेस्

सबै मान्छेकाे साेचमा जे जस्ताे कार्य गर्दा पनि सफल रहाेस् भन्ने हुन्छ । तर कुनै कुनै कार्यमा भने ठाेस् पुग्छ । घरको मुल ढोकाको बिशेष महत्व हुन्छ किन भने यो स्थानमा भगवानको सबैभन्दा पहिला कृपा दृष्‍टि पर्ने मानिन्छ । त्यस कारण घरको मुल ढोकाको अगाडि यी ४ चिज राख्नु हुँदैन।

मानिसले घर सजाउन बिभिन्न किसिमका उपाय लगाउने गर्दछन। जसमा मुख्य ढोका अगाडि काँडा भएका बिरुवा पनि लगाउने गर्दछन्। यसो गर्नु हुँदैन किन भने यसबाट नकारात्मक उर्जा आउछ र आउन लागेको सकारात्मक उर्जा रोकिदिन्छ। त्यसकारण ढोका अगाडि कांडा भएको बिरुवा लगाउनु हुँदैन।

घरको ढोका अगाडि भांचिएको कुर्सी वा पलङ राख्नु हुँदैन। भांचिएको कुर्सी वा पलङ राख्दा घरमा अशान्ती हुने मानिन्छ। घरको ढोका अगाडि फोहोरो वा माकुराको जालो हुनु हुँदैन। यसो भएमा भगवान देबी देवता घरमा आउँदैनन भनिन्छ।

यदी घरको मुल ढोका अगाडिनै जुता चप्पल खोलेर राख्ने बानी छ भने हटाउनु होस ढोका अगाडि नै जुता चप्पल राख्दा माता लक्ष्मी प्रबेश गर्नुहुन्न भन्ने मान्यता रहेको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७