समाचार

कास्कीमा कोरोनाबाट थप एक जनाको मृत्यु, ३० संक्रमित थपिए

कास्कीमा कोरोनाबाट थप एक जनाको मृत्यु, ३० संक्रमित थपिए

कास्कीमा कोरोना संक्रमणबाट थप एक जनाको मृ त्यु भएको छ । पोखरा महानगरपालिका १७ का ४७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृ त्यु भएको हो । गएराति चरक अस्पतालमा उपचारको क्रममा नि धन भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनमा गत असोज २३ गते कोरोना संक्र मण पुष्टि भएको थियो ।

उनमा कोरोना सँगै अन्य दीर्घ रोग समेत रहेको निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्र मणका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

यस्तै शनिबार, गण्डकीमा थप ३० जना नयाँ संक्र मित थपिएका छन् । यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५५७७ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३० जना संक्र मित थपिएका हुन् ।

सबै संक्रमितहरु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेजको फिभर क्लिनिकबाट पहिचान भएका हुन् । संक्रमितमध्ये बागलुङ जैमिनीका दुबैजना संक्रमित जिल्लाको कुस्मीशेरा आईसोलेसनमा बसेका छन् भने अन्य जिल्लाका सबै संक्रमितहरुलाई आईसोलेसनमा व्यवस्थापन गर्ने तयारी भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७