स्वास्थ्य

जन्मने बित्तिकै शिशुले डाक्टरको मुखबाट मास्क तानेपछि…

जन्मने बित्तिकै शिशुले डाक्टरको मुखबाट मास्क तानेपछि…

विश्वभर कोरोना संक्रमण दैनिक रुपमा बढिरहेको छ। विश्वभर खोप निर्माणका लागि विश्वभरका वैज्ञानिकहरु दिनरात खटिरहेको छन् । खोप नभएको अवस्थामा कोरोनाको रोकथामका लागि विश्वभरका मानिसहरुमा मास्क लगाउन अपिल गरिएको छ। तर, स्वास्थ्य क्षेत्रमा काम गर्ने मानिसहरुले मास्क अरुबेला पनि अनिवार्य लगाउनु पर्ने हुन्छ।

यसैबीच, एक भर्खरै जन्मिएको शिशुले चिकित्सकको मास्क ताने। युएईका चिकित्सकले शिशुलाई आफ्नो हातमा लिएको बेला उक्त शिशुले चिकित्सकको मास्क तानेको तस्बिरमा देखिन्छ । सामाजिक संजाल इन्स्टाग्राम उक्त तस्बिर सार्वजनिक गर्दै चिकित्सकले लेखे, ’आशा गरौँ अब हामीले चाँडै नै मास्क नलगाउनु परोस् ।

तस्बिर सार्वजनिक गरेको केहिबेरमै थुप्रैले यसमा प्रतिक्रिया जनाएका छन् र उक्त तस्विर सामाजिक संजालमा भाइरल समेत भएकाे छ । कोहीकोहीले अब हामीले मास्क छोड्नु पर्ने दिन आउँदै भनेर लेखेका छन् भने कसैले यसलाई सकारात्मक तस्बिरको रुपमा वर्णन गरेका छन्।

कोरोनाका कारण अहिले संसारभरका मानिसहरुले मास्क लागाउनु पर्ने बाध्यता छ। यसै समयमा यस्तो तस्बिर सार्वजनिक हुँदा मानिसहरुले अब नयाँ युगको शुरुवात हुने आंकलन गरेका छन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७