मनोरञ्जन

एकता कपुरले भावुक हुदै खोलिन् बिहे नगर्नुको रहस्य

एकता कपुरले भावुक हुदै खोलिन् बिहे नगर्नुको रहस्य

एजेन्सी । बलिउडकी चर्चित टिभी सिरियल निर्मात्री एकता कपुरले केही समय अघि आफ्ना अनुभव सुनाउने क्रममा बिहे नगर्नुको कारणबारे बताइकी थिइन् । जुन कुरा सुनाउँदा उनी निकै भावुक बनेकी थिइन्। एकता कपुर बलिउडमै सबैभन्दा बोल्ड टिभी सिरियल निमार्ण गर्ने मध्यकी एक निमात्री हुन् । उनी ४५ बर्षकी भइन् ।

धेरै जसो उनीद्धारा निर्मित सिरियलमा महिला चरित्रलाई बलियो बनाउने गरिन्छ । भारतमा महिलाको भन्दा पुरुषको बर्चस्व रहने भएको हुनाले उनले सिरियल मार्फत महिला सशक्तिकरणको कुरालाई निकै नै प्रथामिकता दिंदै आईरहेकी छन् । उ

मेरी आमाले मलाई बुझिदिनु भएको छ । मेरो ड्याडीले मलाई समर्थन गर्नु भएको र मेरो भाईले मलाई मायाले सम्हालेको छ भने अरुको किन टाउको दुखाई ?

उनै निर्मात्री एकता कपुरको भने जीवन कहानी कुनै सिरियल भन्दा पनि कम नभएको कुरा जब उनले आफ्नै मुखबाट सुनाईन् तब उनका कुरा सुन्ने सबैको आँखा रसायो । नाम र दाम दुवै कमाएको हुनाले एकतालाई इन्डस्ट्रिमा घमण्डी भनेर पनि चिनिन्छ । उनले यो कुरामा पनि आफ्ना मन छुने भनाईहरु शेयर गरेकी थिईन् । पछिल्लो केही वर्ष यता एकतालाई उनको सिंगल मदरको विषयलाई लिएर धेरै नै कन्ट्रोभर्सी बनाईएको थियो ।

‘मलार्ई घमण्डी, एकलकाटे, समलिं’गी जे जे भनेपनि चित्त कहिल्यै दुखेन तर मेरो सिंगल मदरको विषयलाई लिएर बनाईएको गसिपप्रति भने मेरो चित्त निकै नै दुखेको छ ।’ भन्दै जब एकताले आफ्नो मन दुखेको कुरा सुनाईन् तब सबैको आँखा रसाए । किनभने एकताले यो जुनिमा विहे नगरिकन आफु सिंगल मदर हुन चाहेको कुरालाई लिएर जब उनको छोरा रवीको बारेमा नाथाथरी कुरा गरियो त्यो कुराले उनको चित्त दुखेको कुरा सुनाईन् ।

एकताले भनिन्,‘म खुशी छु अविबाहीत भएर पनि मैले आफुलाई सिंगल मदर बनाउन सफल भएकोमा । भने मलाई दुःखी बनाउनुको साटोमा मेरो खुशीमा किन खुशी नहुने

उनले भनिन्,‘म सिंगल मदर बन्न चाहाने यो मेरो नितान्त व्यक्तिगत चाहानाको कुरा हो । र यस्मा मलाई मेरो परिवारको समर्थन मिलेको छ । मेरी आमाले मलाई बुझिदिनु भएको छ । मेरो ड्याडीले मलाई समर्थन गर्नु भएको र मेरो भाईले मलाई मायाले सम्हालेको छ भने अरुको किन टाउको दुखाई ? किन मलाई नानाभाँति भन्नु पर्यो र ? अनि मेरो यो सानो अबोध बच्चालाई पनि ? के भन्नेहरुलाई थाहा छ यो कुरा कि म अविबाहीत नै भएर पाएको मेरो बच्चालाई कति ना’जुक तरिकाले हुर्काएको छु भन्ने ?’

कु्रै नबुझि समाजका प्रश्नले दुखाईएका एकताको कुरा सुन्दा जो कसैको पनि आँखा रसाउनु स्वभाविक नै हो । एकताले भनिन्,‘म खुशी छु । अविबाहीत भएर पनि मैले आफुलाई सिंगल मदर बनाउन सफल भएकोमा । भने मलाई दुःखी बनाउनुको साटोमा मेरो खुशीमा किन खुशी नहुने ? मेरो जीवन बदलिदिएको छ मेरो छोराले । उसलाई पाएदेखि नै मेरो सबै कुरा पहिलाको भन्दा अझैं राम्रो भएको छ । मेरो परिवार सबैले मेरो छोरा रवीलाई प्रेम गर्छन् । म आफुलाई यो संसार सबैभन्दा भाग्यमानी छोरी भएको महसुस गर्दछु ।’ एकताले भावुक हुँदै सुनाईन् ।

उनले आफ्नो चाहाना भनेको केवल आमा बन्ने मात्र भएको बताईन् । जब बिहे नै नगरीकन आमा बन्न सकिन्छ भने किन बिहे गर्नु पर्यो र ? भन्ने पश्न पनि एकताले गरिन् । बिहे नगर्दैमा कोही पनि समलिं-गी वा थर्ड जेन्डर हुँदैन भन्ने अभिव्यक्ति पनि दिईन् । साथै एकताले आफ्ना सन्तानको इच्छालाई बुझिदिन सबै अभिभावकलाई अनुरोध पनि गरिन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७