राजनीति

पुर्वराजा ज्ञानेन्द्रलाई प्रचण्डले भने : होटलमा केको लागि नाचेको ?

पुर्वराजा ज्ञानेन्द्रलाई  प्रचण्डले भने : होटलमा केको लागि नाचेको ?

पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले फेरी एकपल्ट निरंकुशता सल्बलाउन लागेको बताएका छन्। कास्कीको सिक्लेसमा सोमबार शान्ति स्तम्भ अनावरण गर्दै यस्तो बताए ।

तराई मधेशमा एकथरी अहिले पनि विखण्डनको सपना देखेर त्यहाँका जनतालाई भड्काउने कोशिस गरिरहेका छन्,’ उनले भने, ‘अर्कोतिर अतिवाद पहाडमा फैलाउन सकिन्छ कि भनेर हिजो दरबारबाट निकालिएका शक्तिहरु तिनीहरुलाई मलजल गर्ने कोशिस गरी नै राखेका छन्।

परिवर्तन विरोधीले निरंकुशता उल्ट्याउन लगातार षड्यन्त्र गरिराख्ने भएकोले ढुक्क भएर बस्न सक्ने स्थितिमा पुगिनसकेको उनले जनाए। भने,‘अहिले भर्खरै आइहाल्यो भन्न लागेको होइन तर ठूल्ठूला क्रान्ति र परिवर्तन पछि र प्रतिक्रियावादी शक्तिहरुले आफूलाई फेरी एकचोटी ल्याउने जमर्को गर्छन।

पत्नी सीता र छोरी गंगासहित सिक्लेस पुगेका दाहाललेे निरंकुशताका ती दिनहरु बिर्सेका छैनौं, जसले सबै संसदवादी दलदेखि विद्रोही माओवादीसम्म सबैलाई एउटै हाडीमा राखेर भुटेर सिध्याउन खोजेका थिए,’ उनले भने, ‘ती निरंकुशका शासकहरुलाई बिर्सेका छैनौँ। अहिले उनीहरु नाच्दै हिँडेका छन् रे होटल होटलमा, के को लागि नाचेका हुन्?

२०६३ असार २ मा राजधानीमा सार्वजनिक हुनुअघि सिक्लेसमा भेट भएका तत्कालीन वार्ता समितिका संयोजक कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँगै सिक्लेस पुगेका उनले गिरिजाको अभाव महशुस भएको समेत बताए।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal