मुख्य समाचार

१२ करोडमा बनेको सडक एक वर्ष नपुग्दै भासियो, कालोपत्रे उप्कियो

१२ करोडमा बनेको सडक एक वर्ष नपुग्दै भासियो, कालोपत्रे उप्कियो

कालोपत्रे सम्पन्न गरेर हस्तान्तरण भएको एक वर्षमै सडक भा’सिएको छ । डडेल्धुरा सदरमुकामबाट दुई जिल्ला जोड्ने उग्रतारा–मेलौली सडकको केही भाग भा’सिएको हो । गत आर्थिक वर्षमा सम्पन्न भएको यो सडक अजयमेरु गाउँपालिका–१ पुईलेक बजारको भाग भा’सिनुका साथै कालोपत्रे उ’प्किएको छ ।

यस्तै डडेल्धुरा अस्पतालको भवन निमार्णसमेत ठे’क्का पाएको केएस क’न्ट्रक्सनले पोखरा, बेलापुर सडक खण्डबाट कमसल ढुङ्गा ल्याइएको र डडेल्धुरा अस्पताल निर्माण गरिरहेको स्थानीयको भनाइ छ ।

सडक निर्माण थालिएको झण्डै तीन दशक पछि केही खण्ड कालोपत्रे गरिएको थियो । यो सडक डडेल्धुराको उग्रताराबाट बैतडीको मेलौली जो’ड्ने गरी निर्माण भएको छ । सडक कालोपत्रेको पहिलो चरणमा आठ किलोमिटर कालोपत्रे सम्पन्न भएको थियो ।

यस सडकखण्डमा कालोपत्रे गर्दा लगाईएका प्रायः पर्खाल पनि भ’त्किएका छन् ।आर्थिक वर्ष २०७४/७५ मा पहिलो पटक आठ किलोमिटर सडक कालोपत्रे गर्न सडक डिभिजन कार्यालयले रु १२ करोड बजेट वि’नियोजन गरेको थियो ।

अमरगढी नगरपालिका–७ रातागौनबाट अजयमेरु गाउँपालिका–१ समैजीको बयलडाँगासम्म का’लोपत्रे भएको सडकमा करिब डेढ दर्जन पर्खाल छन् । सडक निर्माणकै क्रममा पनि एक दर्जन पर्खाल भा’सिनुका साथै सडक छे’उ छो’डी भ’त्किएका थिए । त्यस ब’खत पर्खाल पुनः लगाईएका थिए ।त्यतिबेला सडक कालोपत्रे गर्ने डडेल्धुराकै स्थानीय निर्माण व्यवसायी केएस क’न्ट्रक्सन का’र्वाहीमा परेको थियो ।

सोही निर्माण कम्पनीले अहिले पनि बयलडाँगाभन्दा अगाडि सडक खण्ड र पोखरा–बेलापुर सडक कालोपत्रे गरी रहेको छ ।सबै ठाँउमा निर्माण कम्पनीले काम गर्न नसक्दा पेटी ठेकेदारको जिम्मा दिईने भएकाले गुणस्तर अनुसारको काम नभएको हुनसक्ने केएस क’न्ट्रक्सनका तत्कालिन इञ्चार्ज तथा सब ओ’भरसेयर जीतबहादुर तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७