मुख्य समाचार

सुनको मूल्य बढ्यो, आजको बजार भाउ कती ?

सुनको मूल्य बढ्यो, आजको बजार भाउ कती ?

साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य चार सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा छापावाल सुन प्रतितोला चार सयले बढेर ९४ हजार नौ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार सुन तोलाको ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । महासंघकाे भनाइ अनुसार तेजाबी सुनको मूल्य पनि चार सयले बढेर तोलामा ९४ हजार चार सय रुपैयाँ कायम भएको छ ।

यस्तै, शुक्रबार चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी तोलाको १२ सय रुपैयाँमै कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७