विचित्र संसार

प्याराग्लाइडिङ गर्दा सेल्फी स्टिकमा गिद्ध बसेपछि… (भिडियो)

प्याराग्लाइडिङ गर्दा सेल्फी स्टिकमा गिद्ध बसेपछि… (भिडियो)

एउटा निकै रोचक भिडियो भाइरल बनेको छ । स्पेनको आल्गोदोनालेस पर्वतमा प्याराग्लाइडिङ गरिरहेको एक जोडी आकाशमै हुँदा एक गिद्धले पछ्यायो । गिद्धले उनीहरूसँगै उड्ने र उनीहरूको सेल्फी स्टिकमा बस्ने काम गरेको भिडियो सार्वजनिक भएको छ ।

खासमा गिद्धलाई सँगै उड्ने तालिम दिइएको थियो । स्कट मेसनले यसको आरम्भ गरेका हुन् र यसलाई प्याराहकिङ नाम दिइएको छ । यसमा तालिमप्राप्त चराहरूले मेसनलाई थर्मल कोलमतर्फ निर्देशित गर्छन् ।

तातो हावाका स्तम्भहरूले स्कटलाई हवाई यात्रा लम्ब्याउन बनाउन मद्दत गर्छन् अनि चराको जस्तो उडान गर्न समर्थ बनाएर रमाइलो अनुभव पनि गराउँछन् ।

सेप्टेम्बर २८ मा खिचिएको भिडियोमा स्कट र अर्का प्याराग्लाइडर एक गाउँमाथि उडेको देखिन्छ । उनीहरूसँगै गिद्ध आएर भिडियोमा देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७