विचार/व्लग

यी हुन् २५० सीसीका उत्कृट ६ मोटरसाइकल, पावर र मूल्यसहित

यी हुन् २५० सीसीका उत्कृट ६ मोटरसाइकल, पावर र मूल्यसहित

नेपालको भौगोलिक बनावटको कारण पावर बढी भएका मोटरसाइकल आवस्यक पर्ने पहाडी र हिमाली क्षेत्रमा २५० सीसी क्षमताका मोटरसाइकल उपयोगी मानिन्छन् । साथै, लामोयात्रामा रमाउने युवाहरुको रोजाईमा पनि २५० सीसी मोटरसाइकल पर्ने गरेको छ ।

अहिले नेपालमा विभिन्न कम्पनीले यही सेग्मेन्टमा थुप्रै मोडलको बिक्री वितरण गर्दै आएका छन् । अहिले बजारमा उपलब्ध २५० सीसी क्षमताको विभिन्न कम्पनीका ६ मोडलको बारेमा हामीले जानकारी दिदैँछौ ।

सुजुकी जिक्सर २५०ः

सुजुकी जिक्सर २५० सन् २०१९ मा बजारमा आएको नयाँ मोडल हो । यसमा उपलब्ध सिङ्गल सिलिन्डर फ्यूल इन्जेक्टेड–२५० सीसी इन्जिनले २६ बीएच पावर तथा २२.६ एनएम टर्क प्रदान गर्छ । साथै, यसमा ६ स्पीडको गिरबक्स उपलब्ध रहेको छ । यसमा १७ इन्चको अलोय ह्वील रहेको छ भने, दुबै ह्वीलमा डिस्क ब्रेकका साथै डबल च्यानल एबीएस उपलब्ध रहेको छ ।

यसको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन रहेको छ भने, रियरमा स्वीङ आर्म मोनो सस्पेन्सन रहेको दिइएको छ । यसको मूल्य ४ लाख ६३ हजार ९०० रुपैयाँ रहेको छ ।

सीएफ मोटो-२५० एनकेः

सीएफ मोटो २५० एनके नेपालमा उपलब्ध अर्को २५० सीसी मोटरसाइकल रहेको छ । यो बाइकले ९००० आरपीएममा २७ बीएच पावर तथा ७५०० आरपीएममा २२ एनएम टर्क प्रदान गर्छ । यसमा पनि ६ स्पीडको गियरबक्स रहेको छ । यसको दुबै चक्कामा डिस्क ब्रेक र एबीएस सुबिधा उपलब्ध रहेको एनके २५० को मूल्य ५ लाख २५ हजार ५०० रुपैयाँ तोकिएको छ ।

यामाहा एफजेड २५०

यो सेग्मेन्टमा सेग्मेन्ट लिडरको रुपमा यामाहा एफजेड रहेको छ । यसमा २४९ सीसी एयर कुल्ड, सिगंल सिलिन्डर एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले २०.८ हर्सपावर तथा २०.१ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

यो मोटरसाइकलमा १७ इन्चको ट्युवलेस टायर, अलोय ह्वील डिस्क ब्रेक र डबल च्यानल एबीएस उपलब्ध रहेको छ । यसको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन र रियरमा मोनोक्रस स्वीङ आर्म सस्पेन्सन रहेको छ । यसको मूल्य ४ लाख ३४ हजार ९०० रुपैयाँ तोकेर कम्पनीले बिक्री गर्दै आएको छ ।

बेनेली बीएन-२५१ः

२४९ सीसी क्षमताको बेनेली टीएनटी-२५१ बाइकको मूल्य ५ लाख २० हजार रुपैयाँ रहेको छ । बेनेली बीएन २५१ मा उपलब्ध इन्जिनले अधिकतम ९८०० आरपीएममा २५ बीएच पावर तथा ८००० आरपीएममा २१ एनएम टर्क प्रदान गर्ने क्षमता राख्छ । ६ स्पीड गियरबक्स दिइएको यस मोटरसाइकलको उच्चगति १४५ किलोमिटर प्रतिघन्टा रहेको छ ।

होन्डा सीबीआर-२५० आरः

२४९.६ सीसी क्षमताको यो बाइकको ६ लाख ७९ हजार ९०० सय रुपैयाँ रहेको छ । होन्डा सीबीआर २५० आर बाइकले अधिकतम ८५०० आरपीएममा २६.१५ बीएच पावर तथा ७००० आरपीएममा २२.९ एनएम टर्क जेनेरेट गर्छ ।

६ गियरको गियरबक्स दिइएको यो बाइक टप स्पीडमा १३६ किलोमिटर प्रतिघन्टाको रफ्तारमा कुद्न सक्छ । यो बाइकमा एबीएस सुविधा उपलब्ध रहेको छ । यसका अलावा पनि अन्य कम्पनीका २५० सीसी मोटरसाइकल पनि नेपाली बजारमा उपलब्ध रहेका छन् ।

केटीएम ड्यूक-२५०ः

केटीएम ड्यूक २५० को बीएस ६ भर्सन नेपलामा बिक्री सुरु भएको छ । यो मोटरसाइकलमा २४८.८ सीसी क्षमताको यो बाइकको ६ लाख ३९ हजार ९०० रुपैयाँ रहेको छ । यो बाइकले अधिकतम ९००० आरपीएममा ३० बीएच पावर तथा ७५०० आरपीएममा २४ एनएम टर्क जेनेरेट गर्छ ।

६ स्पीड गियरबक्स दिइएको केटीएम ड्यूक–२५० बाइकको टप स्पीड १४५ किलोमिटर प्रतिघन्टा रहेको छ । केटीएम ड्यूक २५० एबीएस सहित उपलब्ध रहेको छ ।

स्राेतः मेराे अटाे

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७