विचित्र संसार

जब प्रहरीले आफ्नो मालिक पहिचान गर्ने जिम्मा भैंसीलाई नै दियो

जब प्रहरीले आफ्नो मालिक पहिचान गर्ने जिम्मा भैंसीलाई नै दियो

एउटा रोचक खबर सार्वजनिक भएको छ । प्रहरी ठानामा एक भैंसीका लागि दुइ जनाले सो भैंसी आफ्नो भएको दावी गरे । त्यसपछि प्रहरी त-नावमा पर्यो। दुबै जनाले सो भैंसी आफ्नै भएको दावी गरेपछि अप्ठ्यारोमा परेको प्रहरीले अनौठो उपाय निकाल्यो। प्रहरीले असली मालिक पहिचान गर्ने जिम्मा भैंसीलाई नै दियो।

जब धमेन्द्रले भैंसीलाई बोलाए भैंसीले आफ्नो मालिकलाई चिन्यो र उसकै पछाडी गयो

यो घटना भारतको कन्नौज जिल्लाको हो। यहाँको एक प्रहरी चौकीमा प्रहरीले चोरीको भैंसी फेला पार्यो। र गाउँमा सूचना दियो, जसको भैंसी हो लैजाऊ। प्रहरी चौकीमा दुईजना पुगे। स्थानीय विरेन्द्र र धमेन्द्र। दुबैले भैंसी आफ्नो भएको दावी गरे।

अनि प्रहरीले भैंसीलाई नै आफ्नो मालिक पहिचान गर्ने जिम्मेवारी दियो। जब धमेन्द्रले भैंसीलाई बोलाए भैंसीले आफ्नो मालिकलाई चिन्यो र उसकै पछाडी गयो। धमेन्द्रको भैंसी तीन दिन पहिला हराएको थियो, भने विरेन्द्रको भैंसी पनि हराएको थियो। त्यसैले दुबैले सो भैंसी आफ्नो भएको दावी गरेका थिए। तर खासमा उक्त भैंसी मालिक धमेन्द्र नै भएको भैंसीले नै पत्ता लगायो।

एजेन्सी

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७