प्रवास

कोरिया पुगेका ११ विद्यार्थीमा कोरोना, महँगो अस्पताल खर्च बेहोनुपर्ने

कोरिया पुगेका ११ विद्यार्थीमा कोरोना, महँगो अस्पताल खर्च बेहोनुपर्ने

शनिबार दक्षिण कोरिया पुगेका ११ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । दक्षिण कोरियाली रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी)का अनुसार राजधानी सोल नजिकैको गोयाङ सहरमा कोरियाली भाषा अध्ययनका लागि पुगेका ४३ जना नेपाली विद्यार्थीमध्ये ११ जनामा संक्रमण देखिएको हो ।

इन्छन विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा एक जना विद्यार्थीलाई कोरोनाको लक्षण देखिए अन्यको पनि परीक्षण गर्दा संक्रमण देखिएको हो । आन्सानको अस्पतालमा संक्रमित बिरामीको उपचार भइरहेको छ ।

एक महिनाअघि दक्षिण कोरियाली सरकारले बाह्य मुलुकबाट संक्रमित भएर आए आफैंले अस्पताल खर्च बेहोर्नुपर्ने नियम बनाएको छ । नयाँ नियमअनुसार संक्रमित सबै नेपालीले महँगो अस्पताल खर्च बेहोनुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७