समाचार

जंगलमा महिलाको दुबै कान काटेर गहना लुटियो, महिलाको उपचार हुँदै..

जंगलमा महिलाको दुबै कान काटेर गहना लुटियो, महिलाको उपचार हुँदै..

पछिल्लाे समय हाम्राे समाजमा बिभिन्न घटनाहरु घट्दै गएकाे छ। कहिल्य बला त्कार हुन्छ भने कहिल्य ह त्या हुन्छ त कहिले चाेरी लगायत यस्तै नराम्राे हर्कत भइरहेकाे छ । त्यस्तै, कावासोतीको जंगलमा महिलाको कान काटेर गहना लुटिएको छ ।

आइतबार बिहान कावासोतीस्थित बुढौली कुनाको जंगलको बाटो हुँदै कावासोती बजार आउँदै गरेकी तुलसी पौडेलको गहना दुवै कान काटेर लुटिएको छ । उनको टाउकोमा पनि चोट लागेको छ ।

तुलसीको कावासोतीस्थित नवलपुर अस्पतालमा उपचार भइहरेको प्रहरीले जनाएको छ । कान काट्ने लुटेराको खाजी भइरहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालयबाट ६ सय मिटर पूर्वतर्फको जंगलमा ती महिला लुटिएकी हन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७