मनोरञ्जन

बलिउड सेलिब्रटीका यस्ता नराम्रा बानी, जसले हैरान छन् नजिकका साथी

बलिउड सेलिब्रटीका यस्ता नराम्रा बानी, जसले हैरान छन् नजिकका साथी

मानिसकाे सबै बानी राम्राे हुदैँन् किन कि याे धर्म शास्त्रमा लेखिए अनुसार केहि न केहि बिषयमा खाेट हुने गछ । जस्तै हामीले पर्दामा देखिने स्टारहरुलाई आर्दश मान्छौं । उनीहरु जस्तै बन्ने कोशिस गर्छौं । उनीहरु फिल्ममा जस्तै सधैं राम्रो ,सफल तथा असल बानी व्यवहार हुन्छ भन्ने सोच्छौ ।

यद्यपि, हामीले सोचेको सबै कुरा सहि हुँदैन, किनभने सेलिब्रिटिहरुक पनि धेरै नराम्रा बानीहरु हुन्छन् । उनीहरु पनि हामी जस्तै मानिस भएकोले शत प्रतिशत सहि भैरहन सक्दैनन् ।

बलीउड स्टार्सका केहि आश्चर्यजनक साथै नराम्रा बानी पनि छन् । उनीहरुका त्यस्ता बानीले कहिले घरका सदस्य त कहिले निर्माता निर्देशक हैरान हुने गर्छन् । नराम्रा बानी भएका केही बलिउड स्टार्सहरु यी हुन् ।

सुष्मिता सेन

लोकप्रिय नायिका सुष्मिता सेनको पनि अनौठो बानी छ । उनलाई खूल्ला ठाउँमा नुहाउन मनपर्छ । त्यसैले आफ्नो खुशीका लागि उनले घरको छतमा एउटा बाथ टब राखेकी छिन् । जहाँ उनी खुल्ला आकाशलाई नियाल्दै नुहाउने गर्छिन् । तर आफुले नुहाएको अरु कसैले नदेखोस् भनेर सर्तक पनि रहन्छिन् ।

शाहरुख खान

आफ्नो अभिनयले दर्शकको मन जित्न सफल शाहरुख खानको पनि केहि नराम्रा बानी छन् । जसले उनीसँग नजिक रहनेहरुलाई हैरान पार्छ।

उनका धेरै बानीहरुमा एउटा बानी सुत्दा जुत्ता लगाउने रहेको छ । यो उनको नराम्रो र अनौठो बानी हो ,जसका कारण उनकी श्रमिती गौरी समेत हैरान छिन्। उनको यो बानीका कारण श्रीमान् श्रीमतीबीच धेरै पटक झगडा पनि परिसकेको छ।

करीना कपूर खान:

करीना कपूर खान सुन्दर र आकर्षक छिन् । यद्यपि यी नायिकाको नङ टोक्ने नराम्रो बानी छ । उनको यो बानी श्रीमान् सैफ अली खानलाई पटक्कै मन पर्दैन ।

उनको नङ टोक्ने बानीका कारण दिदी करिश्मा पनि हैरान छिन् । करीनाले नङ टोक्ने बानीका कारण धेरै गाली खाइसकेकी छन् तर उनको नानीदेखि लागेको बानी भने उस्तै छ ।

सनी लियोनी:

बोल्ड नायिका सनी लियोनी आजभोलि आफ्नो बायोपिकका कारण चर्चामा छिन्। उनको पनि आफ्नै किसिमको अनौठो बानी छ, जसलाई नराम्रो त भनि हाल्न मिल्दैन तर उनको यो बानीले फिल्म युनिट हैरान छन् ।

सनी हरेक आधा घण्टामा खुट्टा धुने गर्छिन् । उनी घर अथवा शुटिङ दुवै ठाउँमा यो आश्चर्यजनक कार्य गर्छिन् । जसका कारण उनीसँग काम गर्ने एक्टर देखि डायरेक्टर पनि हैरान छन् ।

जीतेन्द्र

कुनै समयमा आफ्नो अभिनय र आकर्षक व्यक्तित्वका कारण लोकप्रिय बन्न सफल अभिनेता हुन् जीतेन्द्र । जसको छोरा तुसार कपूर, जसले केहि फिल्ममा काम गरे तर पिता जस्तो सफलता पाउन सकेनन् ।

छोरी एकता कपूर जो हिन्दी टेलिसिरियलकी महारानी मानिन्छ । यस्ता सेलिबिटिजका पिताको पनि नराम्रो बानी छ भन्दा अचम्म लाग्न सक्छ। जीतेन्द्रलाई बाथरुममा बसेर मेवा खान मन पर्छ । उनको यो बानीका कारण परिवारका सबै सदस्य हैरान छन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७