मनोरञ्जन

“गाउँ र समाजले जोकर भने पनि मैले रेड कार्पेटमा हिडेरै देखाए” – कंगना रनावत

“गाउँ र समाजले जोकर भने पनि मैले रेड कार्पेटमा हिडेरै देखाए” – कंगना रनावत

बलिउडका दिवंगत चर्चित अभिनेता हुन् सुशान्तसिंह राजपुत । उनका लागि न्यायको माग गरिरहेकी बलिउड अभिनेत्री कंगना रनावत पछिल्लो समय आफ्नो परिवार तथा बाल्यकालका फोटोहरु सामाजिक सञ्जालमा शेयर गर्ने गर्छिन्।

‘म सानो छँदा आफूलाई मोतीको मालाले सजाउने गर्थें। जाँघसम्म आउने लामो मोजा तथा हिल जुत्ता लगाउने गर्दथें, आफ्नो कपाल आफै काटने गर्थें, मलाई देखेर गाउँका मानिस मजाक उडाउँदै खुब हास्ने गर्थे। उनीहरु मलाई जोकर भन्थे’

यही क्रममा कंगनाले ट्विटरमा आफनाे बाल्यकालको केही फोटो पोस्ट गर्दै सानो छँदा मानिसहरूले आफूमाथि कसरी मजाक उडाउँथे र ती मानिसलाई आफू ठूलो भएर आफ्नो सफलतामार्फत कसरी जवाफ दिइन् भन्ने कुरा लेखेकी छिन्।

उनले लेखेकी छिन्– ‘म सानो छँदा आफूलाई मोतीको मालाले सजाउने गर्थें। जाँघसम्म आउने लामो मोजा तथा हिल जुत्ता लगाउने गर्दथें। आफ्नो कपाल आफै काटने गर्थें, मलाई देखेर गाउँका मानिस मजाक उडाउँदै खुब हास्ने गर्थे। उनीहरु मलाई जोकर भन्थे।’

‘गाउँको जोकर भएर पनि मैले न्युयोर्क, पेरिस र लन्डन फेसन विकमा फस्ट रोमा उभिनेसम्म हिम्मत गरें’

उनले लेखेकी छिन्– ‘गाउँको जोकर भएर पनि मैले न्युयोर्क, पेरिस र लन्डन फेसन विकमा फस्ट रोमा उभिनेसम्म हिम्मत गरें।’ कंगनाले आफ्नो बाल्यकालको तस्वीरसहित फेसन शोमा पहिलो रोम उभिएको तथा सजिसजाउ स्थानमा क्यामेराको अगाडि पोज दिइरहेको फोटोसमेत राखेकी छिन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७