मुख्य समाचार

रौतहटमा उखुबारीमा बालिका ‘मृत’ फेला

रौतहटमा उखुबारीमा बालिका ‘मृत’ फेला

रौतहट- रौतहट जिल्लाको बृन्दावन नगरपालिका वडा नम्बर ४ हरैया पल्टुवामा घाँस काटन गएकी अन्दाजी १४ वर्षिय बालिकाको श’व फेला परेको छ ।

जिल्लाको गढीमाई नगरपालिका वडा नं. १ बस्ने सिताराम साह कानुकी छोरी सन्जा कुमारी साहको श’व उँखु बारीमा फेला परेको हो।

जिल्लाकै गढीमाई नगरपालिका वडा नम्बर १ घरभई हाल सो स्थानमा मामा घर बस्दै आएकी उनि शंकाष्पद अवस्थामा मृत फेला परेकी हुन ।

आज बिहान १० बजे घाँस काटन गएकी साँझसम्म नफर्केपछि उनकाे खोजी गर्दै जाँदा मृत अवस्थामा साँझ ७ बजेतिर नजिकैको उँखुबारीमा फेला परेको स्थानीयले जनाएका छन् ।

मृ तक बालिकाको घाटी मुखमा कुनै ह त्याको लक्षण नदेखिएको तर मृत्यु भने शंकाष्पद रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक सिद्धी बिक्रम शाहले बताउनुभयो ।

मृतक बालिकाको मृत्यु अस्वाभाविक देखिए पनि मृत्युको कारण के हो भन्ने बारेमा थप अनुसन्धान गरिरहेको शाहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७