मुख्य समाचार

अमेरिकमी राष्ट्रपति ट्रम्प र उनकी पत्नीलाई कोरोना पुष्टि

अमेरिकमी राष्ट्रपति ट्रम्प र उनकी पत्नीलाई कोरोना पुष्टि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई कोरोना संक्रमण देखिएको छ । शुक्रबार बिहान ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आफू र पत्नी मेलानियालाई कोरोना भएको जानकारी दिएका हुन् । कोरोना देखिएपछि आफूहरु क्वारेन्टाइनमा बस्ने पनि उनले जानकारी दिएका छन् ।

डाक्टर कोन्लेले राष्ट्रपति ट्रम्प र प्रथम महिला ह्वाइट हाउसमै क्वारेन्टाइनमा बस्ने पनि जानकारी दिए

बिहीबार बेलुका राष्ट्रपति ट्रम्प र प्रथम महिलामा कोरोना संक्रमण पुष्टि भएको राष्ट्रपति ट्रम्पका फिजिसियन डाक्टर सिन कोन्लेले जानकारी दिएका छन् । उनका अनुसार दुवै जनाको स्वास्थ्य अवस्था समान्य रहेको छ । डाक्टर कोन्लेले राष्ट्रपति ट्रम्प र प्रथम महिला ह्वाइट हाउसमै क्वारेन्टाइनमा बस्ने पनि जानकारी दिए ।

अमेरिकामा कोरोना तिब्र फैलन लागेपछि उनले चीनले पनि कोरोना संक्रमितको संख्या लुकाएको आरोप समेत लगाए

कोरोना फैलन नदिन अन्य मुलुकले लकडाउन लागू गर्दा ट्रम्पले विरोध गरेका थिए । उनले कोरोनावाट बच्न आफुले माक्स नलगाउने समेत बताएका थिए । चीनिया भाइरस भन्दै गरेको टिप्प्णी पनि निकै आलोचित भएको थियो । अमेरिकामा कोरोना तिब्र फैलन लागेपछि उनले चीनले पनि कोरोना संक्रमितको संख्या लुकाएको आरोप समेत लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७