मुख्य समाचार

संगठन पुर्नसंरचनाका ‘रोलमोडल’ सशस्त्र आइजिपी खनाल

संगठन पुर्नसंरचनाका ‘रोलमोडल’ सशस्त्र आइजिपी खनाल

काठमाडौं– गत शुक्रबार सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी शैलेन्द्र खनाल दार्चुलाको छाङरु पुगे। उनीसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृहसचिव महेश्वर न्यौपाने पनि थिए। छाङरुमा स्थायी रुपले बस्न लागेको सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्मको भवन शिलन्यास गर्न गृहमन्त्रीसहित आईजीपी खनाल छाङ्रु पुगेका थिए।

छाङरु यात्रा खनालको दोस्रो पटकको हो। यसअघि ३ असारमा प्रधानसेनापति पूर्णचन्द्र थापासहित खनाल छाङ्रु पुगेका थिए। त्यो बेला खनालले सशस्त्र प्रहरी बलको छाङरुमा बसेको अस्थायी बोर्डर आउट पोष्ट (बीओपी) को अनुगमन गरेका थिए।

अघिल्लो साता प्रदेश–२ का विभिन्न बीओपीहरुको समेत अनुगमनमा गरेका थिए। कोरोना भाइसर (कोभिड–१९) को महामारीमा समेत खनाल ५ दिन तराईका विभिन्न जिल्लाका फौजसँगै बसेर बीओपीको अनुगमन गरेर फर्किए

भारतले अतिक्रमण गरेको दार्चुलाको कालापानी भू–भाग नजिक सुरक्षा फौज बसेको नै यो पहिलो पटक हो। छाङरुमा गुल्म बसेपछि भारतले अतिक्रमण गरेको भूमि नजिकै अर्को बीओपी बस्ने छ। छाङ्रुबाट कालापानी १४ किलोमिटरको दूरीमा पर्छ। सामरिक महत्वको दार्चुलाको कालापानी क्षेत्र नजिक सशस्त्र प्रहरी बलको उपस्थितिले छाङ्रुबासीलाई धेरै राहत पुगेको छ।

आइजिपी खनालले दार्चुला मात्रै होइन् अघिल्लो साता प्रदेश–२ का विभिन्न बीओपीहरुको समेत अनुगमनमा गरेका थिए। कोरोना भाइसर (कोभिड–१९) को महामारीमा समेत खनाल ५ दिन तराईका विभिन्न जिल्लाका फौजसँगै बसेर बीओपीको अनुगमन गरेर फर्किएका थिए।

भारतसँग सीमा जोडिएका क्षेत्रमा राखिएको अस्थायी बीओपीमा खटिएका सुरक्षाकर्मीलाई उच्च सतर्कता र मनोबलका साथ जिम्मेवारी पुरा गर्न निर्देशन दिएका थिए। कोरोना महामारीका बीच नेपाल भारत सीमासम्मै पुगेर डिउटीमा खटिएका सुरक्षाकर्मी सँगको भेटले डिउटीमा खटिएका सुरक्षाकर्मीको मनोबल उच्च भएको छ।

संगठन पुर्नसंरचनाका रोलमोडल: माथिका दुई प्रतिनिधि काम मात्रै हुन्। खनाल सशस्त्र प्रहरी प्रमुख भएयता संगठन सुुधारका कयौं राम्रा कामको सुरुवात गरेका छन्। आइजिपी नियुक्त लगत्तै सीमा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेका खनालले सीमा सुरक्षा मजबुत बनाउन सांगठनिक पुनर्संरचना गरेर विगतमा २ सय ३७ जना जनशक्ति रहने सुरक्षा कार्यालयमा जनशक्ति बढाएर ६ सय २१ जना रहने गरी गणमा स्तरोन्नती गरेका छन्।

६० जिल्लामा स्थायी कार्यालय र १७ वटा जिल्लामा रहेका गणलाई छुट्याएर युनिटको रुपमा ७७ वटै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिती गराउन सफल

जसको कारण दक्षिणी सीमामा मात्रै राखिएको बीओपीलाई उत्तरी नाकामा समेत बिस्तार गन सहज भएको छ। त्यसरीनै ६० जिल्लामा स्थायी कार्यालय र १७ वटा जिल्लामा रहेका गणलाई छुट्याएर युनिटको रुपमा ७७ वटै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिती गराउन सफल भएका छन्। जसको कारण एक जिल्लामा सशस्त्र प्रहरी बलको आवस्यकता पर्दा अर्को जिल्लाबाट जानुपर्ने बाध्यताको अन्त्य भएको छ। त्यसरीनै विपद् व्यवस्थापन र उद्दार कार्यमासमेत विशेष जोड दिएका छन्।

खनालको संगठन सुधारको अर्को महक्तपूर्ण काम कर्मचारीहरुको वृत्ति विकासमा भूमिका खेल्ने बढुवा प्रक्रिया हो। उनी आईजीपी नियुक्त भए यता विभिन्न कारणले रोकिएका जवान देखि अधिकृतसम्मका १३ हजार १ सय ९५ जनाको बढुवा भएका छन्। त्यसरीनै जवान देखि निरीक्षकसम्मका रिक्त ७ हजार ४ सय ७२ जनाको पदपुर्ति गरेका छन्।

बीओपीका तीव्रता: सीमा सुरक्षा मजबुत बनाउन सांगठनिक पुनर्संरचना गरेर विगतमा २ सय ३७ जना जनशक्ति रहने सुरक्षा कार्यालयमा जनशक्ति बढाएर ६ सय २१ जना रहने गरी गणमा स्तरोन्नती गरे लगत्तै बीओपीहरु समेत धमाधम बढाएका छन्।

खनाल आइजीपी भएको तीन आर्थिक वर्षमा ६ अर्व ३२ करोड ९३ लाख १९ हजार ३११ रुपैयाँ संकलन

दक्षिणी सीमा तराई मात्र होइन् उत्तरी सीमा दार्चुुलाको छाङ्रुदेखि हुम्लाको हिल्सासम्म सशस्त्रको बीओपी स्थापना भइसकेका छन्। केही ठाउमा हुने क्रममा छन्। खनाल आईजीपीहुँदा जम्मा ८७ बीओपी मात्रै थिए। हाल त्यसलाई बढाएर १ सय ६४ पुर्याएका छन्। जसको कारण राजश्व संकलमा उल्लेख्य वृद्धि भएको छ। खनाल आइजीपी भएको तीन आर्थिक वर्षमा ६ अर्व ३२ करोड ९३ लाख १९ हजार ३११ रुपैयाँ संकलन भएको छ।

कोरोना नियन्त्रणको अग्रपंक्तिमा: कोरोना भाइरस कोभीड–१९ को रोकथाम तथा नियन्त्रणमा समेत सशस्त्र प्रहरी अग्रस्थानमा खटिदै आएको छ। भारतसँग सीमा जोडिएका विभिन्न बीओपीसहित विभिन्न ठाँउमा २२ हजार ६ सय १६ जना सुरक्षाकर्मी नियमित फिल्डको ड्यिुटीमा खटिएका छन्।

हाल सशस्त्र प्रहरी बलमा ३५ हजार मात्र जनशक्ति छ। यसलाई बढाउने गृहकार्यका खनाल छन्। ४ वर्षे कार्यकालको जिम्मा पाएका आइजिपी खनालको करिब डेढ वर्ष अझै बाँकी छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७