जीवनशैली

विश्वमै सुन्दर आँखा हुने १० महिलाः जसकाे आँखाले घायल बनाउँछ

विश्वमै सुन्दर आँखा हुने १० महिलाः जसकाे आँखाले घायल बनाउँछ

आँखा मानव जीवनमा हेर्नको लागि प्रयोग हुन्छ  रअभिन्न अंग हो । आत्माको प्रतिबिम्बका रुपमा परिचित आँखाबाट मानिसहरुको प्रत्येक बानी तथा व्यवहारको आँकलन गर्न सकिन्छ । साथै आँखाको हेराईबाटै मानिसको व्यक्तित्वको अनुमान लगाउन सकिन्छ ।

कोहि मिलेको जीउडालका कारण चर्चामा आउँछन् त कोहि सुन्दर अनुहारका कारण चर्चामा रहन्छन् । चर्चामा आउने धेरै ठाँउ छन् । त्यस्तै मानिसहरु सुन्दरता, फिचर बिभिन्न किसिसमका कारणले चर्चा कमाउने गर्छन् ।

आँखाले हाम्रो व्यक्तित्व मात्र झल्काउँदैन,अनुहारको सुन्दरता पनि चम्काउँछ । विश्वमा विविध गतितिधिबाट मानिसहरु चिनिरहेका हुन्छन् ।

राम्रो आँखाका कारण जीवनमा सफलता चुमेका १० नायिका तथा मोडेलहरुको बारेः

– एन्जेलिना जोली

सबैलाई थाहा नै होला एन्जेलिना जेलीको बारेमा । उनको सौन्दर्यको चर्चा जति गरे पनि कम हुन्छ । अमेरिकन नायिका तथा निर्देशक जोलीको सुन्दरता र सफलताको कहानी अधिकांशलाई थाहा छ । उनको ओठ र आँखाको सौनदर्यताले जो केहिलाई पनि मन्त्रम’ध बनाईदिन्छ । जोलीले गोल्डेन गोल्ब, एकेडेमी अवार्ड, स्क्रिन एक्टर गिल्ड अवार्ड जस्ता धेरै अवार्डहरुबाट उनी सम्मानित भएकी छिन् ।

– ऐश्वर्या राय

बलिउड नायिका ऐश्वर्य राय सौन्दर्यताकी प्रतिक मानिन्छन् । सन् १९९४ को मिस वर्ल्ड ताज पहिरिएसँगै उनी एकाएक सफलताको शिखरमा पुुगेकी थिइन् । सन् २००४ मा प्रकाशित भएको विश्वका प्रभावशाली सय व्यक्ति सूूचिमा उनको नाम पनि समावेश भएको थियो । उनका आँखा र उनको सौन्दर्यताबाट नलोभिने मानिस सायदै नहोलान ।

– एलिजाबेथ टेलर

एलिजाबेथ टेलरले हलिउडमा सानै उमेरमा अभिनय थालेकी थिइन् । उनी सुन्दरताका साथै अनि अभिनयले गर्दा प्रख्यात छिन् । टेलर ‘हु इज अफ्रेड अफ भर्जिनिया उल्फ’ र ‘बटर्फिल्ड ८’ फिल्मबाट उत्कृष्ट नायिका भएकी थिइन।

– औड्रे हेपबर्न

सुन्दर आँखा हुने महिलाहरु मध्ये पाँचौ नम्बरमा पर्छिन् औड्रे हेपबर्न । मानवतावादी हेपबर्न ब्रिटेनकी चर्चित नायिका हुन् । उत्कृष्ट नायिकामा ओस्कार पाएकी उनको सु्न्दर आँखाले व्यक्तित्व बढाएको छ।

– जियाडा डी लौरेनटिस

विश्वमै राम्राे आँखा भएकी महिलाहरुको छैटौँ नम्बरमा पर्छिन् जियाडा डि लौरेनटिस । लेखक, इटालिएन अमेरिकन कुक, टीभी स्टार साथै सुन्दर आँखाकी धनी मानिन्छन् र उनी कार्यक्रम प्रसतोता पनि हुन् । उनले टेलीभिजनमा फुड नेटवर्क नामक कार्यक्रम चलाउने गर्थिन् ।

– क्रिस्टिन स्टेवार्ट

फिल्मकै पात्र ‘बेला स्वान’ नामबाट परिचित क्रिस्टिन स्टेवार्ड चर्चित नायिकाहरु मध्येकै एक हुन् । ट्वाइटाइट सागा’ फिल्मबाट चर्चामा आएकी यी अमेरिकन नायिकालाइ नचिन्ने सायदै होलान्। उनको सुन्दर आँखाकै कारण अधिकांश मानिस फिदा हुने गर्छन् ।

– क्रिस्टिन क्रेउक

क्रिस्टिन क्रेउक राम्राे आँखा हुने महिलाहरुको सूचिमा सातौँ नम्बरमा पर्छिन् । हरिया चमकदार आँखाका कारण चर्चामा रहेकी क्रिस्टिन क्रेउक सुन्दरतामा पनि त्यत्तिकै प्रख्यात छिन् ।

– मिल्ला जोभोभिच

मोडल, संगीतकार, फेसन डिजाइनर तथा नायिका मिल्ला जोभोभिच अमेरिकाकी चर्चित मोडल हुन् । साइफाइ फिल्मबाट आफ्नो कलाकारिता करिअर सुरु गरेकी उनी प्रतिभाशाली मोडल मानिन्छन् । संसारमा राम्रा आँखा हुने महिलाहरुको सूचिमा उनी नवौँ स्थानमा परेकी छिन् ।

– चार्लिज थेरोन

दक्षिण अफ्रिकाकी फेसन मोडल चार्लिज थेरोन राम्राे आँखा भएकी महिलाहरुमध्येमा १० औँ नम्बरमा परेकी छिन् । ‘मोन्स्टर’ नामक फिल्ममा मुख्य भुमिकामा देखिएकी चार्लिजले उत्कृष्ट नायिकाको लागि ओस्कार अवार्ड हात पारेकी थिइन् । अमेरिकाबाट आफ्नो अभिनयको शुरुवात गरेकी यी मोडल १९९० तिर निकै चर्चित मोडल हुन् ।

– सेलिना जेटली

सन् २००१ मा मिस इंडियाको ताज पहिरेकी बलिउडकी नायिका हुन् सेलिना जेटली। उनी राम्रा आँखा हुने महिलाहरु सूचिमा आठौँ नम्वरमा पर्छिन् । सेलिना बलिउडमा त्यति नछाएपनि उनको सुन्दरताले उनलाई चर्चाको शिखरमा पुर्यायो । उनी सुन्दरताकी धनी मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७