प्रदेश

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

३ असोज, पोखरा – गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ३५१ जना पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माका अनुसार थपिनेमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) का ११, पर्वतका दुई तथा स्याङ्जा र लमजुङका एक/एक जना छन् ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ९२६ जनाको पिसिआर परीक्षण गरिएकामा ५६ जनाको कोरोना पुष्टि भएको तथा ७८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । सो अवधिमा एकको मृत्यु, चार जना निको भएको तथा ८५ जनामा पुनः पोजेटिभ देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७