समाचार

पूर्व प्रधानन्यायाधीश सिंहको निधनप्रति पूर्वराजाद्वारा दुःख व्यक्त

पूर्व प्रधानन्यायाधीश सिंहको निधनप्रति पूर्वराजाद्वारा दुःख व्यक्त

मानिसकाे जिवन भनेकाे अहिले छ भाेलि छैन् हाे । त्यस्तै, पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वाेच्च अदालतका भूतपूर्व प्रधानन्यायाधीश अनिरूद्ध प्रसाद सिंहको निधनप्रति दु:ख व्यक्त गर्नुभएकाे छ ।

उहाँले स्व. सिंहको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा समवेदना समेत प्रकट गर्नुभएकाे छ ।
पूर्वप्रधानन्यायाधीश सिंहको बत्तिसपुतलीस्थित आफ्नै निवासमा मंगलबार बेलुकी ७ः३० बजे निधन भएको थियाे । उहाँकाे निमोनियाका कारण निधन भएको हो ।

स्व. सिंहले २०१३ साल जेठ ८ गते देखि २०१६ साल असोज १५ गते सम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीशको रुपमा काम गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७