पत्रपत्रिकाबाट

‘भात खान नपाएपछि’ गर्भवतीले रोजिन् मृत्यु

‘भात खान नपाएपछि’ गर्भवतीले रोजिन् मृत्यु

काठमाडौँ — पेटमा ५ महिनाको गर्भ थियो । स्वाद फेरेर भात खान मन लागेको बताउने गरेकी थिइन् । सधैं रोटीले छाक टार्ने गरेकी उनले भदौ १६ को साँझपख भात खाने इच्छा व्यक्त गरिन् ।

तर, भात पकाउने विषयमा सासू–बुहारीबीच एकमत बनेन । अन्ततः दुवैबीच मनमु टाव गहिरिँदै गएपछि गुलरिया नगरपालिका–३ खैरीकी २३ वर्षीया नीलम गोडियाले घरभित्रै झु न्डिएर आ त्मह त्या गरेको माइती पक्षको दाबी छ ।

आमाले बुहारीका लागि मात्र भात किन पकाउने भनेपछि त्यस दिन घरमा भात नपाकेको उनले बताए । ‘थोरै चामल लगेर पकाउँछु भनेकी थिइन्,’

गोडिया परिवार खेतीपाती र मजदुरीमा निर्भर छ । दैनिक काम गरेर छाक जुटाउने गरेका थिए । लकडाउनले लामो समय काम नपाएपछि घरमा पर्याप्त चामल थिएन । भदौ १६ को साँझपख नीलमले सासू लक्ष्मीसित भात पकाउने अनुमति मागिन् । तर चामल कम रहेको र परिवारका अन्य सदस्यले पनि रोटी खाने भनेपछि भात पकाउन अनुमति मिलेन ।

निलमका श्रीमान् ओमकारका अनुसार घरमा करिब १५ किलो चामल थियो । कहिलेकाहीं मात्रै भात खाने भन्दै उनीहरू दिनहुँ रोटीले गुजारा गरिरहेका थिए । आमाले बुहारीका लागि मात्र भात किन पकाउने भनेपछि त्यस दिन घरमा भात नपाकेको उनले बताए । ‘थोरै चामल लगेर पकाउँछु भनेकी थिइन्,’ उनले भने, ‘आमासँग अनुमति लिएकी हुन् ।’

त्यसपछि भात खानकै लागि नीलमले सापटीका रूपमा एक किलोजति चामल माइतीमा लगिन् । घरबाट ५० मिटरको दूरीमा छ उनको माइती घर । एक किलोभन्दा धेरै चामल लगेको भन्दै सासू र बुहारीबीच फेरि भनाभन भयो । त्यसपछि नीलमले लगत्तै आफ्ना बाबु रमेशसँग चामल मागेर सासूलाई फिर्ता गरिदिइन् ।

मजदुरीसमेत नपाउँदा घरखर्च टार्न निकै समस्या थियो । ‘श्रीमतीलाई गर्भवती अवस्थामा भात खाने इच्छासमेत पूरा गर्न नसक्दा यस्तो वि पत्ति

लक्ष्मीले भने बुहारीले चामल माइत लैजाने बेला आफू घरमा नरहेको र बुहारीसँग झ गडा नभएको दाबी गरिन् । ‘बुहारीले के कारणले आ त्मह त्या गरिन्, बुझ्न सकिनँ,’ उनले भनिन् । रोटी खाने भनिए पनि त्यस दिन नीलमले आँगनमा मकै भुटेर सबैलाई बाँडिन् र घरभित्र पसिन् । धेरै बेरसम्म उनी बाहिर नआएपछि कोठाभित्र गएर हेर्दा झु न्डिएको अवस्थामा देखेको ओमकारले बताए । नीलमले आ त्मह त्या गर्दा कोठाका झ्यालढोका खुलै थिए । झ्यालढोका नलगाएकाले पनि आ त्मह त्या गरेको मेसो नपाएको परिवारको भनाइ छ ।

गोडिया परिवारको सम्पत्तिका नाममा दुई कठ्ठा जमिन र एउटा घर छ । उनीहरू अरूको खेत अधियाँ गरेर जीविका चलाउँदै आएका छन् । कोरोना सं क्रमणका कारण मजदुरीसमेत नपाउँदा घरखर्च टार्न निकै समस्या थियो । ‘श्रीमतीलाई गर्भवती अवस्थामा भात खाने इच्छासमेत पूरा गर्न नसक्दा यस्तो वि पत्ति आयो,’ ओमकारले भने, ‘कोरोनाले गर्दा यो सबै भएको हो ।’

‘समस्या रहेको थाहा पाएको भए चामल, दाल दिएर पठाउँथें,’ उनले भने, ‘मेरो वडामा कसैलाई पनि भोकै म र्न दिन्नँ ।’

नीलमका माइती पनि मजदुरीमा निर्भर छन् । ६ दिदीबहिनीमध्ये नीलम काइँली हुन् । नीलमको माइतीमा पनि भात नपाकेको एक महिना भयो । त्यही कारण छोरीले भात खाने मनसायले आफ्नो घरबाट एक किलो चामल लिएर माइत आएकी नीलमका बाबु रमेशले बताए । परिवारको नमिठो कुरा सुनेरै छोरीले आ त्मह त्या गरेको उनको दाबी छ । स्थानीयसमेत रहेकी नगर कार्यपालिका सदस्य विष्णुकुमारी शर्माले पनि खानाका विषयमा झ गडा भएकाले नीलमले आ त्मह त्या गरेको हुन सक्ने बताइन् । ‘गाउँका अधिकांश गरिब छन्,’ उनले भनिन्, ‘उनीहरूको आम्दानीको स्रोत मजदुरी हो ।’

वडाध्यक्ष राजकुमार यादवले भने भातकै विषयमा भनाभन भएपछि नीलमले आ त्मह त्या गरेकोबारे आफूलाई जानकारी नभएको बताए । ‘समस्या रहेको थाहा पाएको भए चामल, दाल दिएर पठाउँथें,’ उनले भने, ‘मेरो वडामा कसैलाई पनि भोकै म र्न दिन्नँ ।’ बर्दिया प्रहरीको मु द्दा फाँट प्रमुख प्रहरी निरीक्षक सुशील थापा मगरले भने घटना खानाकै वा अन्य कारणले भएकोबारे अनुसन्धान भइरहेको बताए ।

पोस्ट मार्टम रिपोर्टबाट भने आ त्मह त्या गरेको पुष्टि भएको उनको भनाइ छ । ‘परिवार वा माइती पक्षबाट हालसम्म कुनै जाहेरी आएको छैन,’ उनले भने, ‘त्यसकारण पनि कसैको बयान लिन सकिएको छैन ।’ ५ वर्षअघि विवाह गरेका ओमकार र नीलमका दुई वर्षकी छोरी छन् । कमल पन्थीले कान्तिपुरमा समाचार लेखेका छन् र

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७