मनोरञ्जन

चर्चामा रचना र प्रविनको ‘उनको प्रीति पहिले होकी ,मेरो प्रीति पहिले’ (भिडियो)

चर्चामा रचना र प्रविनको ‘उनको प्रीति पहिले होकी ,मेरो प्रीति पहिले’ (भिडियो)

भदौ- राष्ट्रकवि माधव प्रसाद घिमिरेको रचनामा ‘उनको प्रीति’ बोलको गित सार्बजनिक भएको छ । गीतमा नारायण रायमाझीको संगीत र बि.बि.अनुरागीको संगीत संयोजन रहेको छ ।

कवि घिमिरेले २०२४ साल बैशाख १२ गते सृजना गरेको उक्त गीत पहिलो पटक २०६० साल मंसिरमा गायक जगदिस समाल र सपना श्रीको स्वरमा रेकर्ड भएको थियो ।

उक्त गीतलाई अहीले नया भर्सनमा रेकर्ड गरिएको छ । गितमा नेपाल आईडल सिजन ३ को टप ८ सम्म पुग्न सफल गायिका रचना रिमाल र नेपाल आईडल सिजन ३ को फस्ट रनर अफ गायक प्रविन बेडवालले स्वर भरेका छन ।

श्याम श्वेत रसाईलीको मिक्सिङ्ग रहेको गितलाई मिराज अर्यालले छायाकंन तथा सम्पादन गरेका छन । गितमा उदिराम खड्का, बिन्दु खड्का, बिबेक खड्का, मनोज खड्का, राकेश सोनी आदि कलाकार छन ।

सोमबार मात्रै रीमा इन्टरटेनमेन्ट नेपालको युटूब च्यानल मार्फत सार्बजनिक गीत छोटो समयमै झण्डै ६ लाख दर्शकले हेरिसकेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७