मुख्य समाचार

बहराइनका राजकुमार आइपुगे नेपाल, यी दुई हिमाल आरोहण गर्ने

बहराइनका राजकुमार आइपुगे नेपाल, यी दुई हिमाल आरोहण गर्ने

काठमाडौं । कोरोना महामारीका बीच बहराइनका राजकुमारसहितको टोली हिमाल चढ्नका लागि नेपाल आईपुगेको छ। खुम्बु क्षेत्रमा पर्ने लोबुचे तथा उत्तरी गोरखाको मनास्लु हिमाल आरोहण गर्न बहराइनबाट त्यहाँको राजपरिवारका एक सदस्यसहित १८ जनाको टोली काठमाडौं आइपुगेको हो ।

बहराइनस्थित नेपाली दूतावासका अनुसार, यो टोली बहराइनको शेख ईशा एयरबेसबाट राति साढे १२ बजे विशेष विमानबाट नेपालका लागि प्रस्थान गरेको थियो ।

तस्बिर सौजन्य : मिङ्‍मा शेर्पा

फ्लाइटबाट बहराइन डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक पनि नेपाल आइपुगेका छन्।

उक्त टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणको गर्ने छ। राजकुमार नासिर बिन हामिद अल खलिफासहित १८ जनाको टोलीलाई परराष्ट्रका अधिकारीहरुले स्वागत गरेका थिए।

मन्त्रिपरिषद्को बैठकले सुरक्षा मापदण्ड पालना गर्ने गरी हिमाल आरोहण गर्नको लागि बहराइनका राजकुमारको टोलीलाई अनुमित दिएको थियो।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७