मुख्य समाचार

आज मंगलबार १४५९ जनामा कोरोना संक्रमण पृष्टि

आज मंगलबार १४५९ जनामा कोरोना संक्रमण पृष्टि

काेराेना भाइरस दिप्रति दिन बढ्दै गएकाे छ । काेराेनाले बिश्वलाइ सखाप पार्दैछ । मंगलबार थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

देशभरमा १५ हजार ७७९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ ।

यससँगै मंगलबारसम्म नेपालमा कुल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ । उनीहरुमध्ये ३७१ जनाको मृ त्यु भएको छ । ४० हजार ६३८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १०६२ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७